नरमति रूचाल मगर सम्मानित

Read Time:2 Minute, 49 Second

कृष्ण सारूमगर

बुटवल,असोज ८ – १० सुख्खा नगर स्थित भानु संघर्ष टोल विकास संस्थाले ग्रीन भ्याली रेष्टुरेन्टको सभाहलमा मायाँ गौतमको अध्यक्षतामा चौथो साधारण सभा सम्पन्न गरेको छ ।

भानु संघर्ष टोल बिकास संस्थाका अध्यक्ष मायाँ गौतम र बुटवल उप-महानगरपलिका कार्यलय प्रमुख, प्रमुख आतिथि दामोदर ज्ञवालीले संयूक्त रूपमा शान्तिका द्धिप प्रजवलन गरी औपचारिक कार्यक्रमको उद्घाघाटन गरेका थिए ।

सरसफाईमा उच्च ध्यान दिने नरमति रूचाल मगरलाई सभाध्यक्ष गौतम र प्रमुख आतिथि ज्ञवालीले खादा ओढाई प्रशंसा पत्र हस्तान्तरण गरेका थिए । भने, खगराज पाण्डे र चन्द्रकला गौतम जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

संस्थाका पदाधिकारीहरूले विविध विषयमा समस्या तथा अवरोधहरू वारेमा शशिराज खरेल, मृगेन्द्र सेन, ईश्वरी प्रसाद पोखरेल शुशिला ज्ञवाली लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

टोल समिति संयोजक समेत रहेका अतिथि यज्ञ प्रसाद पंगेनीले हरेक वार्डको टोल-टोलका लागि राज्य बाट सीप मुलक तालिक देखि विभिन्न किसिमका बजेट आउने गरेकोले प्रत्येक टोल समितिका अध्यक्षले आ-आफ्नो टोल विकासका लागि उ.म.न.पा कार्यलयमा मागहरू पेश गर्नु पर्ने सुझाउँदै १५ वार्डभित्र २९४ टोल विकास समिति स्थापना रहेको र अन्य पनि टोल समिति बन्ने तैयारी रहेको जानकारी दिए ।

सचिव गोकर्ण पाण्डेले कार्यक्रम संचालन प्रेम पौडेल, र शुशिला ज्ञवालीले स्वागत मन्तब्य दिएको थियो संस्थाका कोषाध्यक्ष यज्ञ प्रसाद श्रेष्ठले आय ब्याय वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो । उक्त कार्यक्रममा लुम्विनी टेलिभिजन, रेडियो सामुदायिक लगायत विभिन्न स्थानिय पत्रकारहरूको उपस्थितिमा भानु संघर्ष टोल बिकास संस्था चौथो सधारण सभा भब्य रूपमा संपन्न गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %