राज शर्मा
पोखरा, ८ असोज – जनसेवक बचत तथा ऋण सहकारी संस्था लि.को आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधरणसभाले अध्यक्ष गोपीनाथ दयालु, कोषाध्यक्ष बुद्धिसागर घिमिरे, लेखा संयोजक डिल्लीप्रसाद ढुंगानाले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ । साथै आगामि मंसिर १ गतेसम्ममा न्यूनत्तम शेयर रु १० हजार पुर्याउने निर्णय समेत साधरणसभाले पारित गरेको छ ।
साधरणसभाको उद्घाटन गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीकी सहकारी प्रशिक्षक इश्वरी ढकालले सहकारीहरुले शेयर पुँजी बढाउनेतर्फ ध्यान दिन सुझाव दिए । साथै उनले सहकारीका शेयर सदस्यहरुले पनि सक्रियताका साथ आर्थिक क्रियाकलापमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विशेष अतिथि व्यवस्थापिका सांसद सदस्य तेजकुमारी पौडेलले सहकारीले सदस्यहरुको भावना अनुसार अगाडि बढेको भन्दै खुशी व्यक्त गरीन । कास्की जिल्लाका विभिन्न सरकारी तथा निजी संस्थाहरुमा कार्यरत कर्मचारी तथा आश्रित परिवारका सदस्यहरु उक्त सहकारीमा सदस्य हुन पाउने प्रावधान रहेको छ ।
