रक्तदानमा २५ युनिट संकलन

Read Time:1 Minute, 28 Second

राज्यसत्ता,

पोखरा, ८ असोज – विश्व फार्मेसी दिवसको अवसरमा फार्मेसी एसोसिएसन अफ नेपालद्वारा शुक्रबार पोखरामा आयोजित रक्तदानमा २५ युनिट रक्त सञ्चालन भएको छ ।

  कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ फार्मेसिष्ट डा. सिर्जना भट्टराई थापा र एशोसिएसनका अध्यक्ष महेश्वर पोखरेलले संयुक्त रुपमा प्रथम रक्तदाता तीर्थ अवस्थीलाई ब्लड व्याग हस्तान्त्ररण गरी कार्यक्रमको उद्घाटन गरे ।  

कार्यक्रममा बोल्दै डा. अवस्थीले फार्मेसी पेशालाई सुनिश्चित गर्न सम्पूर्ण फर्मेसिष्टहरु एकजुट हुनुपर्ने आवश्यकता औंल्याइन् । फार्मेसी एशोसिएसनलाई आफ्नो तर्फबाट सक्दो सहयोग तथा सल्लाह सुझाव दिइ रहने उनले जनाइन् । कार्यक्रम पश्चात रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

अध्यक्ष पोखरेलले फर्मेसी क्षेत्रको विकासबारे मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन एसोशिएसनका उपाध्यक्ष कुलदिप सुवेदी र सचिव डोलराज थापाले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %