नयाँ संवीधान प्रति राष्ट्रिय युवा मोर्चाको गम्भिर ध्यानाकर्षण

Read Time:1 Minute, 34 Second

कमल चौधरी

बुटवल, असोज ७ – राष्ट्रिय युवा मोर्चा, रुपन्देहीले  जनविरोधी तथा एक पक्षीय संविधान जारी गरेको भन्दै बुटवलमा विहिबार पत्रकार सम्मेलन गरी गम्भिर ध्यानकर्षण गरेको छ ।

बुलेटको भरमा  जारी गरिएको संविधान आफूहरुलाई स्वीकार्य नभएको भन्दै युवा मोर्चा रुपन्देहीले यहाँका मधेसी, मुस्लीम , तराईबासी थारु, आदिवासी जनजाति, अल्पसंख्यक, महिला, दलित, अपङ्ग समुदायको अधिकारलाई सुनिश्चित गरि संविधानमा समेत्नुपर्नेमा जोड दिए ।

अलोकतान्त्रिक, अराष्ट्रवादी, दादागिरी तथा एकाधिकारवादी कार्य प्रति राष्ट्रिय युवा मोर्चा रुपन्देहीले ध्यानाकर्षण गर्दै असोज ८ गते अन्र्तक्रिया कार्यक्रम असोज ९ गते विरोध स्वरुप मोटरसाईकल र्याली आयोजना गरेको युवामोर्चाका अध्यक्ष डि.वि थापाले जनकारी गरे ।

मोर्चाका अध्यक्ष डि.वि थापाको अध्यक्ष र मार्चाका सह–सचिव केशरी गाहाको संचालन रहेको पत्रकार सम्मेलनमा कोषध्यक्ष शंकर गाहाले अन्दोलनको विषयबस्तु माथि प्रकाश परेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %