ढेकावरको वडा कार्यालयको प्रागणमा शान्ति स्तम्भ शिलान्यास

Read Time:2 Minute, 4 Second

गोविन्द घर्ती 

देवदह ,असोज ६ – रुपन्देहीको देवदह नगरपालिका–२, ढेकावरको वडा कार्यालयको प्रागणमा शान्ति स्तम्भ शिलान्यास गरिएको छ ।

स्थानीय शान्ति समिति रुपन्देहीका संयोजक ज्ञानु पौडेलले एक कार्यक्रमका वीच शिलान्यस गरेको हो । स्थानीय शान्ति देवदह नगरस्तरीय समितिले निर्माण गर्न लागेको शान्ति स्तम्भ करिव ३ लाखमा निर्माण सम्पन्न गरिने समितिका संयोजक मोतीलाल ढकालले बताए । शान्ति स्तम्भ निर्माण गर्न देवदह नगरपालिकाले एक लाख, नमूना एकिकृत विकास परिषदले ९५ हजार रुपैया सहयोग गरेको संयोजक ढकालले बताए ।

शिलान्यस कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले दीगो शान्तिको लागि सवैले आ–आफनो स्थानबाट भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । उनले नेपालमा संविधान जारी भए संगै स्थायी शान्ति कायम हुने बताए । संयोजक मोतीलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वडा कार्यालय ढेकावरका नेत्रप्रसाद शर्मा, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि भगवती गैरे, नेकपा एमालेका क्षेत्रीय सदस्य वावुराम पंगेनी, एमाओवादीका देवदह सहसंयोजक प्रजापति सापकोटा, समाजसेवी धर्मागत पाण्डे, टोलसुधार समितिका किशोर काफ्ले लगायतले आ–आफना भनाई राखेका थिए ।

केदार नाथ काफ्लेले  स्वागत र अमिन गोतमेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %