जोखिम पत्रकारिता पुरस्कार अधिकारीलाई

Read Time:2 Minute, 13 Second
रूद्र श्रीसमगर
 
पोखरा, ५ असोज – नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन शाखाले हरेक वर्ष प्रदान गर्दै आएको ‘हेम–सुनिल जोखिम पत्रकारिता पुरस्कार’बाट २०७२ सालका लागि फेवा टेलिभिजन, पोखराका स्टेशन म्यानेजर हेमराज अधिकारीलाई सम्मान गरिने भएको छ ।
 
महासंघको शाखाले जनाए अनुसार अधिकारीसहित न्यूज २४ टेलिभिजनका मदन ढु·ाना पनि यस पुरस्कारबाट सम्मानित हुने भएका छन् । भोजपुरको च्याङ्ग्रे–३ मा जन्मेका पत्रकार अधिकारीले २०६४ सालबाट पत्रकारिता प्रारम्भ गरेका हुन् । हाल विराटचोक, मोरङनिवासी अधिकारीले रेडियो उपत्यकाबाट औपचारिक रूपमा पत्रकारिता सुरु गरेका हुन् भने पोखरा आएपछि गण्डकी सञ्चार गृह हुँदै हाल फेवा टेलिभिजनको स्टेशन म्यानेजरसम्म बन्न सफल भएका छन् ।
 
पत्रकारितामा स्नातक अधिकारीले पोखरामा विगत ६ वर्षदेखि क्रियाशील पत्रकारिता गर्दै आएका छन् । पुरस्कारबाट सम्मानित हुने भएपछि खुशीको सीमा नरहेको बताउँदै अधिकारीले भने, ‘यो खुशी मेरी आमासँग साट्न पाइनँ, मेरी स्व. आमा यतिबेला भइदिएको भए कति खुशी हुन्थें ।’ बुबा टेकबहादुर अधिकारी र आमा स्व. सुशीला अधिकारीले पत्रकारितामा लाग्न सधैं प्रोत्साहन दिने गरेको उनी बताउँछन् ।
 
अधिकारी र ढु·ानालाई बिहीबार नेपाल टेलिभिजन, सिंहदरबारमा आयोजना हुने विशेष समारोहबीच सर्वोच्च अदालतका प्रधानान्यायाधीश कल्याण श्रेष्ठले पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %