संयुक्त मगर मञ्चद्वारा सांघातिक आक्रमणको भ्रत्र्सना

Read Time:1 Minute, 47 Second

रूद्र श्रीसमगर

पोखरा, ४ असोज – संयुक्त मगर मञ्च, नेपालले आइतबार र सोमबार आह्वान गरेको मगरात बन्दका क्रममा सोमबार पाल्पाको तानसेनमा शान्तिपूर्ण रूपमा बन्दमा सहभागी मगरात संघर्ष समिति पाल्पाका संयोजक बलबहादुर गाहामगर, रामबहादुर आलेमगर र वीरबहादुर बुचामगरमाथि सांघातिक आक्रमण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मञ्चका संयोजक लोकबहादुर थापामगरले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मगरात भूमिलाई सिमाङ्कनका नाममा तीन टुक्रामा विभाजन गरिएको विरोधमा मञ्चले गरिरहेको वैधानिक र शान्तिपूर्ण आन्दोलनलाई भड्काउन मोटरसाइकलमा आएका केही लठैतहरूले नेताहरूमाथि आक्रमण गरेको उल्लेख गर्नुभएको छ ।

‘शान्तिपूर्ण र वैधानिक रूपमा भइरहेको आन्दोलनलाई भड्काउने नियतले मोटरसाइकलमा लठैतहरू पठाएर गुण्डागर्दी शैलीमा हाम्रा साथीहरूलाई सांघातिक हमला गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणको हामी घोर भ्रत्र्सना गर्दछौं र आक्रमणकारीलाई कडा कारबाहीको माग गर्दछौं ।’ प्रशासनले कारबाही नगरे आक्रमणकारीलाई संयुक्त मगर मञ्च, नेपालले आफैं कारबाही गर्ने चेतावनी समेत संयोजक थापाले विज्ञप्तिमार्फत् दिनुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %