हुमबहादुर पचभैया थापा मगर
जहानिय राणा शासन को विरुद्धमा जनबिद्रोह गर्दा तत्कालीन राणा सासक द्वारा हत्या गरियका वीर सहिद लखन थापा मगरलाई राज्यले ३,असोज २०७२ का दिन प्रथम सहिद घोषणा गरेको छ ।
(तत्कालिन नेपाली बाणीज्यदुत हङ्कङ्का बिनोदकुमार उपाध्य,आदिबासी जनजाति महासंघका बर्तमान अध्यक्ष एम.बि.थापाको अगुवाइमा जनजाति अभियान्ताहरू)

प्रयटन तथा सस्कृति नागरिक उद्ध्यन मन्त्रि माननीय क्रिपासुर शेर्पाको बिशेष प्रस्तावमा २०७२ असोज ३ गते आइतबार नेपाल सरकार, मन्त्री परिषद्को बैठकले नेपालको प्रथम शहीद लखन थापामगरलाई घोषणा गरेको छ ।
यसको लागि बिशेष पहल गर्नुहुने प्रधान मन्त्रि सम्माननीय शुशिल कोइराला, सस्कृति मन्त्रि माननीय क्रिपासुर शेर्पा र भूमिसुधार मन्त्रि मा. दलबहादुर रानामगर लगायत सिंगो मन्त्रिपरिषदको पहलमा सम्भव भएको थियो ।
मगर सभासद्को ककसका संयोजक माननिय शिबलाल थापा मगरले सदनमा धेरै पटक लखन थापालाइ प्रथम शहिदको माग गर्दै आइरहेका थिए ।
२०४६ सालको सफल जनआन्दोलन पश्चात काठमाडौँको टुडिखेलमा भएको बृह्त आमसभालाइ सम्बोधन गर्दै तत्कालिन मालेका नेतृ स्व. शाहाना प्रधानले तेतिबेलै लखन थापालाइ प्रथम शहिद घोषणाको माग गरेका थिए ।
एकसय सैतिस बर्ष अगाडी ४२ बर्षको उमेरमा क्या.लखन थापामगरलाइ १९३३ साल फागुन २ गते गोरखाको काउले भंगारमा ख्रिराको बुटामा झुन्डाएर फाँसिदिइएको थियो । लखन थापा मगरसँगै उनका सहयात्री क्या.जैसिङ् चुमी राना मगरको १९३३ फागुन २० गते हतया गरिएको थियो ।
२०५६ साल फागुन ११ गते तत्कालिन प्रधानमन्त्रि कृष्णप्रशाद भट्टराइको मन्त्रिपरिषद्का सुचना तथा संचार मन्त्रि चिरन्जिबि वाग्लेले थापालाइ शहिद घोषणा गरेका थिए । प्रथम सहिद घोषणा गर्नका लागि गोरखाका मगर समुदाय लगाएत नेपाल मगर संघले २०४४ साल देखि निरन्तर रूपमा राज्यलाई दबाब दिदै ज्ञापनपत्र बुझाउदै र बिभिन्न कार्यक्रम गर्दै आइरहेको थियो । ढिलै भयपनि अहिलेको मन्त्रीपरिषदको निर्णयले लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरेर प्रथम सहिद लखन थापा मगरको सम्मान गरेको छ ।
लखन थापा मगरले निरङ्कुस एकतन्त्रिय जहानिय राणा सासनको विरुद्धमा अदम्य सहासका साथ आफ्नो ज्यानको प्रबाह नगरी नेपाली जनताको मुक्तिको लागि बिद्रोह गरेका थिए । बिद्रोह गर्ने क्रममा तत्कालीन राणा शासक द्वारा हत्या गरिएको हुदा वीर सहिद क्या.लखन थापा मगरलाई राज्यले प्रथम सहिद घोषणा गर्नु पर्नेमा कन्जुस्याइँ गरेको थियो । तर,ढिलइ भए पनि वीर सहिद लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरे र सरकारले सदाशायतादेखाए र श्र्रहानिय काम गरेको छ ।
प्रथम सहिद घोषणा गर्नका लागि देशबिदेशमा रहेका मगर संघसस्था लगायत आदिबासी जनजाति महासंघले ठुलो भूमिका खेलेको भुल्न सकिन्न ।
हुमबहादुर थापा पचभैया मगरको अध्यक्षतामा मगर संघ हङ्कङ्ले पहिलो चोटि सन २००१ सालको फेब्रेरी २१ र २४ मा शहिद लखनको प्रचारप्रशारको रूपमा लखनको सम्झनामा लखन स्मृतिदिवश सास्कृतिक कार्यक्रम भब्य र सब्य सम्पन्न गरेको थियो । नेपालका लोकगायक खडकगर्बुजा र मिना गर्बुजामगर अतिथि कलाकारका साथै स्थानीयकलाकारले चुनवान अडेटेरियलहल र यूनलोङको टाउनहलमा हङ्कङ्कै पहिलोचोटी स्टेज सो मज्जाले धमका मच्चाएका थिए ।
सोहि कार्यक्रम बाट उठेको रकम नेरू ५० हजार रूपैया उनको शालिक बनाउन मगर संघहङ्कङ्का तत्कालिन महासचिब भिमबहादुरथापा मगर गोरखा बुङ्कोट पुगेर हस्तान्त्ररण गरेका थिए ।
यो कार्यक्रम लखनको सम्झनामा बिश्वमै पहिलोचोटी हङ्कङ्मा भएकोले दर्शकबाट कलाकारलाइ हौसला र वाह ! वाहका शब्दले तारिफ मात्र गरेनन्,पत्रपत्रिकामा पत्रकारहरूले मगरसंघ हङ्कङ्को यसकार्यलाइ अनुकर्णिय भन्दै समचारको हेडलाइन बनायका थिए । यस कार्क्रमले सफल्ता चुमेको हुँदा प्रथम शहिद लखन थापा मगरको सम्झनामा भिसीडि र स्मारिका समेत निकाल्न मगर संघ हङ्कङ् सफल भएको थियो । यसकार्क्रमलाइ भब्यसफल बनाउन कलाकारहरूले खेलेको महत्वपूर्ण भूमिकालाइ जति प्रशन्सा गरेपनि अपुरो हुनेछ । उनै कलाकारहरूको सहयोगले आज मगर समाज मात्रै हैन,सिङ्गो राष्ट्रनै लखनले प्रथम शहिदको दर्जा पाउन सफल भएकोमा हामीसबै हर्षबिभोर छौ ।
नेपाली आदिबासी जनजाति महासंघका बर्तमान अध्यक्ष एम.बि.थापा दर्लामी मगरको नेतृत्वमा नेपाली बाणिज्यदुतास हङ्कङ्को कार्यलयमा शहिद लखनथापाको तस्बिर राख्ने काम भएको थियो । बिनाकारणबश पछि निकालियो,शायद अब यस्ले निरन्तर्ता पाउने छ ।
राज्यले अन्यलाइ पनि शहिद घोषणा गरे र सम्मान दिनु पर्दछ :
नेपालको प्रथम शहीद लखन थापामगर संगै शहादता प्राप्त गर्ने क्या.जैसिङ् चुमी राना मगरलाइ पनि नेपाल सरकारले शहिद घोषणा गरि सम्मान गर्न चुक्नु हुदैन ।उनि पनि निरङ्कुस एकतन्त्रिय जहानिय राणा सासनको विरुद्धमा अदम्य सहासका साथ आफ्नो ज्यानको प्रबाह नगरी लखन थापा मगरलाइ साथ दिएका थिए ।
त्यस्तै तल दिइएका बिरशहिदहरूलाइ पनि सरकारले अन्याय नगरोस ।
सन् १८५८ – सुखदेव गुरुङ विद्रोह (१७ वर्ष जेल पछि हत्या) – लम्जुंग
सन् १८६७ – दशैं वहिस्कार (रामली हांग र रिदामाको हत्या) – धनकुटा
सन् १८७७ – लखन थापा मगरको विद्रोह (७ जना झुन्ड्याईएको ) – गोरखा र
सन् १८७७ – सुपति गुरुङ विद्रोह (टुंडिखेलमा हत्या) लाइ – गोरखामा हत्या गरियको थियो ।
देश अैले लोकतन्त्र बाट गणतन्त्र र हिन्दु राष्ट्र बाट धर्मनिरपक्षे भइसकेकोले राजनैतिक र धार्मीक आन्दोलनमा पक्राउ पछि हत्या गरिएका इ नेपाल आमाका बिर सपुतहरूलाइ यथासाक्य छिटो शहिद घोषणा गरियोस ।
नेपालको जातीय संघर्षको स्वरूप र शृंखला :
” क्रम संख्या घटना ठाउ/इलाका
१) सन् १७७० – दश लिम्वुवान विद्रोह – पल्लो किरात
२) सन् १७७८ – लिम्बू भाषा दमन – पल्लो किरात
३) सन् १७९० – तामांग (मुर्मी) विद्रोह – नुवाकोट
४) सन् १८०८ – खम्बू विद्रोह ( २ जनालाई मृत्यूदण्ड, १६ जनाको सर्वस्वहरण )
– भोजपुर
५) सन् १८५८ – सुखदेव गुरुङ विद्रोह (१७ वर्ष जेल पछि हत्या) – लम्जुंग
६) सन् १८६७ – दशैं वहिस्कार (रामली हांग र रिदामाको हत्या) – धनकुटा
७) सन् १८७० – लिम्बू भाषा दमन (सिरिधेवे देश निकाला) – पल्लो किरात
८) सन् १८७७ – लखन थापा मगरको विद्रोह (७ जना झुन्ड्याईएको ) – गोरखा
९) सन् १८७७ – सुपति गुरुङ विद्रोह (टुंडिखेलमा हत्या) – गोरखा
१०) सन् १९२५ – छिरिंग नोर्बु लामा र ४ भिक्षु देश निकाला – पाटन
११) सन् १९२६ – नेपाल भाषा विकास मण्डल (नेवारी भाषा अभियान) – कलकत्ता
१२) सन् १९२७ – धर्म प्रचार अभियोगमा भिक्षुहरु देश निकाला – काठमाडौँ
१३) सन् १९४१ – ४ राज्यद्रोहीलाई मृत्यू दण्ड (३ जना नेवार) – काठमाडौँ
१४) सन् १९५० – किराँती आन्दोलन – माँझ किरांत
१५) सन् १९५१ – तामांग विद्रोह (किसान आन्दोलन) – नुवाकोट
१६) सन् १९५१ – किपट प्रथा उन्मूलन (किराँत विरोध) – पूर्वी पहाड”
१८) बि.सं.२००७ – २००७ सालका प्रथम सहिद गोले काइँला तामाङ
उपलब्धिहरू :
स्व. डा. हर्षबहादुर बुढामगर र सम्बिधान सभाका सभाषद शिबलाल थापा मगरले प्रथम शहीद लखन थापामगर बारे किताब लेखेर जनमानसमा पस्किसक्नु भएको र पठनिय छ ।
निजी लगानीमा निर्माण,अब सरकारको सहयोग हुनु पर्छ :
नेपाल मगर संघ जिल्ला समिति कास्कीले पोखराको पृथ्बीचोकमा पृथ्बीनारयण शाहको ठाउमा प्रथम शहिदको शालिक राख्न सफल भएको छ। नेपाल मगर संघ रूपन्देही जिल्ला समितिले पनि राजमार्ग चौराहमा भूपू राजाको ठाउमा प्रथम शहिद लखन थापाको शालिक राख्न सफल भएको छ ।
पाल्पाको टुडिखेलको पर्बेस द्वारमा पनि सालिक राखिएको छ । रुपन्देहीको भूमही-भैरहवा सडकखण्ड शिवनगर नजिकै २ बिगाह जग्गा निजी लगानीमा प्रटकिय स्थल र उधान बनिदै छ । लखन थापालाइ फाँसी दिइएको गोरखाबुंकोटामा उन्कै नाममा पारथमिक बिध्यालय र सालिक निर्माण निजी लगानीमा गरिएको छ । अब नेपाल सरकारले यस्को सबै कामको जिम्मा लिनु पर्दछ ।
साथै सरकारले काठमाण्डौको शहिद गेटमा प्रथम शहिदको सालिक राख्ने देखि लखन थापालाइ राष्ट्रीय बिभूतिको घोषणा गरे सच्चा सम्मान हुने छ ।
थप श्रोत: प्रा. बि.के रानाको सहयोगमा (डा. हर्क गुरुंगको तथ्यांकमा नेपालको जातीय संघर्षको स्वरूप र शृंखला)
अमृत योञ्जन तामाङ् :२००७ सालका प्रथम सहिद गोले काइँला तामाङको बारे?
फोटो: एम.बि. थापाको फेसबुक बाट
