देब पचभैया
पाल्पा, असोज ४ – बन्द गराएको भन्दै तानसेनका स्थानिय युवाहरुले मगरसंघ पाल्पाका अध्यक्ष बलबहादुर गाहा, मगराँत संघर्ष समितिका सदस्यहरु रामबहादुर आले र बीर बहादुर बुचामगरलाई सोमबार आक्रमण गरी घाईते बनाएका छन् ।
उनीहरुको अहिले युनाईटेड मिशन अस्पताल तानसेन पाल्पामा उपचार भैरहेको मगर संघका केन्द्रिय सदस्य गमबहादुर थापामगरले जानकारी दिए ।

नेपाल मगर संघ तथा संयुक्त मगर मंच केन्द्रको आह्वानमा भएको दुई दिने मगराँत बन्दको दोश्र्रो दिन सोमबार पाल्पा बन्द गराएको भन्दै उनीहरुले अध्यक्ष गाहा सहित ३ जना माथि आन्दोलन चोकमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
शान्तीपुर्ण तरिकाले बन्द कार्यक्रम भैरहेको बोला घोषित संबिधानको स्वागत र्याली गर्ने नाउमा बन्दको अवज्ञा गर्दे हिडेको युवाहरुको समुहले आम्रमण गरेको मगरसंघका अर्का केन्द्रिय सदस्य मोहन थापालेबताए । यसै बिच नेपाल मगर संघ पाल्पाले घटनाको बिरोध गर्दे आक्रमणमा संलग्न माथि कारबाहीको माग गरेको छ ।

मगर संघ पाल्पाका सचिब रामबहादुर गरंजामगर द्धारा जारी पे्रस बिज्ञप्तीमा ज्यान मार्ने धम्की सहित गाली गलौचका साथ सामाजिक सद्भाब खलबलिने गरी नेपाल मगर संघ तथा मगराँत संघर्ष समिति पाल्पाका अध्यक्ष बलबहादुर गाहा, सस्थाका सदस्य रामबहादुर आले मगर र बीरबहादुर बुचामगरलाई हातपात गरी घाईते बनाएको घटनाको निन्दा गर्दे आक्रमणमा संलग्न हरुलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
स्थानिय शुशिल शाक्य, सुजन श्रेष्ठ, अखण्ड बैजु, रुपेश महर्जन, शम्भु श्रेष्ठ दिपु लगाएतका युवाहरु घटनामा संलग्न रहेको भन्दै मगर संघ पाल्पाले कारबाहीको माग गरेको छ ।

घटना पछि नारा जुलुस सहित जिल्ला प्रहरी कार्यालयमा पुगेको मगराँत संघर्ष समितिका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामीछाने, प्रहरी नायब उपरिक्षक सुमन कुमार तिल्मिल्सिना लाई भेटी घटनामा संलग्नहरुको नाम किटान गरी कारबाही गर्न माग गरेका छन् । उनीहरुले घटनाको फोटो र भिडियो समेत प्रहरीलाई बुझाएको नेपाल मगर संघ, तानसेन नगर समितिका अध्यक्ष धनसिग थापाले जानकारी दिए ।
नेपाल मगर संघ पाल्पाको प्रेष बिज्ञाप्ति

मगरात संघर्ष समितिको दुई दिने मगराँत बन्द सोमबार ५ बजे देखि सकिएको छ । बन्द सकिएलगत्तै पाल्पाका बजारहरु खुलेका छन् भने यातायातका साधन पनि चलेका छन् ।
