नेपालमा आज तिनदलका एकातमकबादी नेताले ३ करोड जनताको बिपक्षमा जनबिरोधी सम्बिधान लागु गर्ने बिरूद्दमा स्वदेश तथा बिदेशमा नेपालीहरूले कालोदिवस मनाउदै ।
भैरब आङ्ला
धरान,आयोजन ३ – लिम्वूवान संयुक्त संघर्ष समितिको लिम्वूवान आमहडतालको कारण पुर्वको नौ जिल्लाको जनजीवन विहानै देखि प्रभावित भएको छ ।

ऐतिहासिक पृष्ठभुमिको आधारमा लिम्वूवान हुनुपर्ने,लिम्वूवान विनाको सात प्रदेश अमान्य हुने र लिम्वूवानको मुद्धालाई सम्वोधन नगरेको भन्दै लिम्वूवान संयुक्त संघर्ष समितिले तेस्रो चरणको आन्दोलन स्वरुप आज देखि पुर्वको नौ जिल्लामा अनिश्चतकालिन आम हडतालको आवहान गरेको हो ।
आठ घटक आवद्ध समितिले शान्तिपुर्ण अधिकार प्राप्तीको आन्दोलन गरीरहेको लिम्वूवानी घटकहरुलाई सरकारले वेवास्ता गरेकोले चरणवद्ध आन्दोलनको घोषणा गर्नुपरेको लिम्वूवान संयुक्त संघर्ष समितिले जनाएको छ । समितिले वन्दको अघिल्लो दिन मसाल जुलुस प्रर्दशन गरेको थियो ।
आज तीन दलले संविधान जर्वरजस्ती जारी गर्ने भएकोले असोज ३ गतेलाई कालो दिवसकोरुपमा समितिले लिएको पनि जनाएको छ । आमहडतालको प्रभाव पुर्वको सुनसरी, मोरङ, झापा, ईलाम, पाचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटा जिल्लामा परेको छ ।
