देब पचभैया
पाल्पा, २ असोज – नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले लामो प्रतिक्षापछिको संविधान जारीहुने अवस्था आएकामा खुसी व्यक्त गर्दै अब मुलुकले निकास पाउने बताएका छन । उनले निजी क्षेत्रलेसमेत लामोसमयदेखिको प्रतिक्षा पुरा गरेकोसमेत बताए ।
पाल्पा उद्योग वाणिज्य संघको ५९ औं साधारणसभाको तानसेनमा शनिबार उद्घाटन गर्दै उहाँले यस्तो बताएको हो । वरिष्ठ उपाध्यक्ष राणाले संविधान घोषणभएसँगै मुलुकले नयाँ काँचुली फेर्नुपने र त्यो निजी क्षेत्रसँगको सहकार्यमा मात्रै सम्भव भएको बताए ।
हिजोदेखि खुल्न नसकेका उद्योग धन्दा अब खुल्नुका साथै रोकिएका, बन्द भएका ढोकाहरु खुल्ने बताउँदै उनले भने, ‘अब मुलुकले नयाँ बाटो लिनेछ । मुलुक सम्वृद्धिको बाटोमा लाग्नेछ भन्नेमा विश्वस्त भएका छौ ।’ उनले नेपाली जनताको लामो प्रतिक्षाको घडी अब समाप्त भएकाले आगामी दिनमा उद्योग धन्दाको वृद्धि, रोजगारको अवसरकालागि पनि निजी क्षेत्रसँगको सहकार्य अत्यावश्यक भएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, उवासंघ पाल्पाका निवर्तमान अध्यक्ष मधुदयाल सैंजु, नेपाल उद्योग वाणिज्य महासंघका लुम्विनी अञ्चल प्रतिनिधि कृष्णप्रसाद श्रेष्ठले अहिलेको संविधानले निजी क्षेत्रलाई समेटेकाले यसलाई कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
पूर्वसांसद यादवबहादुर रायमाझी, वुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह, स्पेनिस नागकिर भिक्टोरिया, पूर्वसभासद् नारायणी शर्माले अबको सम्वृद्धि र विकासलाई कसैले रोक्न नहुने बताउँदै यस क्षेत्रको विकासकालागि सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव अजयमान कर्माचार्य, एमाले सचिव ओमबहादुर घर्ति, राप्रपा अध्यक्ष डुलबहादुर कुँवर, नेकपा मालेका अध्यक्ष धनराज पौडेल, अखण्ड नेपालका अध्यक्ष दिनेश रावल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले उद्योग वाणिज्य संघले सामाजिक काममासमेत हात फैलाएर सबैको प्रिय बन्ने प्रयासमा रहेकाले आगामी दिनमा पर्यटन विकासका काम गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा उवासंघका अध्यक्ष राजु महर्जनले ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय क्षेत्रका साथै शिक्षा, स्वास्थ्य,कृषि क्षेत्रमा स्थानीय निकाय, जिल्ला विकास समिति, तानसेन नगरपालिका, गाविससंग हातेमालो गर्दै अघि बढ्ने बताए ।
कार्यक्रम पाल्पा उधोग बाणिज्य संघका महासचिव भिमसेन कार्कीले वािर्षक गतिविधि प्रस्तुत गर्दै संविधान जारी भएपछि आर्थिक विकासलाई थप टेवा पुर्याउने जानकारी दिए । सबैको सहयोग र समर्थनमा पाल्पा उधोग बाणिज्य संघले ब्यापारीको हित संगै समग्र जिल्लाको बिकासको लागी पाल्पा उधोग बाणिज्य संघले सक्रिय भुमिका निभएको कार्कीको भनाई छ । उपाध्यक्ष मोहन श्रेष्ठको धन्यवाद र अध्यक्ष राजु महर्जनको अध्यक्षतामा सम्पन्न भ
एको उद्घाटन सत्रमा गतवर्षको एसएलसी परिक्षामा सरकारी/सामुदायिक, निजी विद्यालय साथै उवासंघका सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।
