लिम्वूवान वन्दको पुर्व सन्ध्यामा नौ जिल्लामा मसाल जल्यो

Read Time:1 Minute, 36 Second

 भैरबआङ्ला

धरान , असोज २- ऐतिहासिक पृष्ठभुमिको आधारमा लिम्वूवान राज्य हुनुपर्ने माग गर्दे आन्दोलन गरीरहेको लिम्वूवान संयुक्त संघर्ष समितिले शनिवार साझ मासाल जुलुस निकालेको छ ।

आईतवार देखि लिम्वूवान विनाको सात प्रदेश मान्य नहुने भन्दै लिम्वूवानको नौ जिल्लामा आम हडताल गर्ने भएको छ । आमहडतालको पुर्व सन्ध्यामा लिम्वूवान संघर्ष समितिले पुर्वका विभिन्न भागमा मसाल जुलुस निकालेको हो ।

तीन दलले पेलेर लिम्वूवान , थरुवान, मगराँत, ताम्सालिङ, तमुवान र मधेशलाई सम्वोधन नगरी संविधान जारी हुन लागेको भन्दै पहिचानवादीलाई सम्वोधन गर्न माग गर्दे आमहडतालको आयोजना गरेको लिम्वूवान संयुक्त संघर्ष समितिले जनाएको छ । असोज ३ गतेलाई कालो दिवसकोरुपमा मान्दै लिम्वूवानमा आम हडताल गरिएको वताईएको छ ।

पुर्वको झापा, मोरङ, सुनसरी, ईलाम, पाचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा मसाल जुलुस प्रर्दशन भएको लिम्वूवान संयुक्त संघर्ष समितिले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %