तानसेनमा राष्ट्रिय बालदिवस २०७२ सम्पन्न

Read Time:4 Minute, 45 Second

जिल्लामा उच्चतम अंक ल्याएर एसएलसी उत्तिर्ण दुई विद्यार्थी सम्मानित

हरि बहादुर सारुमगर

  पाल्पा, भाद्र २९ – बालअधिकार महासन्धि १९८९ मा हस्ताक्षर गरेको दिन पारेर प्रत्येक वर्ष भाद्र २९ गते मनाईने राष्ट्रिय बालदिवस पाल्पा जिल्लामा पनि विविध कार्यक्रम गरि भव्यताका साथ मनाईएको छ ।

जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालय पाल्पाको आयोजनामा मनाईएको राष्ट्रिय बालदिवस २०७२ को, पाल्पाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उद्घाटन गरैका थिए ।

  कार्यक्रमको उद्घाटन गर्दै जिल्ला बालकल्याण समितिका अध्यक्ष समेत रहेका लामिछानेले बालअधिकारको प्रचारप्रसार तथा प्रबद्र्धनमा बालदिवसको
भूमिका महत्वपूर्ण हुने बताए । उनले सवै बालबालिकाको हकअधिकार
सुनिश्चित्तताको लागि सवै सरोकारवाला पक्षहरु संवेदनशिल भएर
लाग्नुपर्नेमा जोड दिए ।

पुर्ननिर्माण र संविधान : बालअधिकारको संरक्षण हाम्रो अभियान भन्ने नाराका साथ मनाईएको राष्ट्रिय बालदिवसमा सामुदायिक विद्यालयबाट जिल्लामा उच्चतम अंक ल्याएर २०७१ सालको एसएलसी परीक्षा उत्तिर्ण गर्ने दुई जनालाई सम्मान गरिएको थियो ।

  नगद तीनहजार पाँच सय र सम्मान पत्रले सम्मानित हुनेहरुमा छात्रतर्फ दरैठाँटी उच्च मावि रामपुरका प्रवेश गौतम (८७.५ प्रतिशत) र छात्रा तर्फ दमकडा उच्च माविका शलिना वेगम (८६ प्रतिशत) रहेका छन् ।

कार्यक्रममा राष्ट्रिय बालदिवसको अवसरमा आयोजित प्रावि स्तरीय चित्रकला र मावि स्तरीय वक्तृत्वकलाका विजयी बालबालिका पुरस्कार र प्रमाण पत्र समेत वितरण गरिएको थियो ।  जिल्ला शिक्षा कार्यालय पाल्पाको संयोजनमा भएको चित्रकला प्रतियोगीतामा पाल्पा आवासिय उच्च माविका दिप्ती गैरे पहिला,प्रशान्ति चिल्डेर्न बोडिङ्ग स्कूलका मदन आले दोस्रा र बेथल बोडिङ्ग
स्कूलमा सविना गाहा तेस्रा भएका थिए ।

यस्तै बालदिवसकै नारा विषय रहेको बक्तृत्वकला प्रतियोगीतामा पाल्पा आवासियका सुस्मिता तिमिल्सेना पहिला,माउण्ट भ्याली बोडिङ्ग स्कूलका सृष्टि पौडेल दोस्रा र जनता नमुना उच्च माविका रेविका घिमिरे तेस्रा भएका थिए । सोही कार्यक्रममा जिल्ला बालकल्याण समिति पाल्पाले प्रकाशन गरेको पाल्पा जिल्लामा बालबालिकाको स्थिति प्रतिवेदन २०७२ को विमोचन समेत गरिएको थियो ।

तानसेन नगरपालिका हलमा भएको कार्यक्रममा देववाणी मावि, प्रशान्ति
चिल्डेर्न बोडिङ्ग स्कूल र माउण्ट भ्याली बोडिङ्ग स्कूलका बालबालिकाले
नृत्य प्रस्तुत गरेका थिए भने पाल्पा प्यारागन बोडिङ्ग स्कूलका
भाईबहिनीले क्याप्टेन करुणा नामक नाटक मञ्चन गरेका थिए ।

पाल्पामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला
सरकारी कार्यालय तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी
भएको कार्यक्रमको स्वागत बालकल्याण अधिकारी तुलसा अर्याल र सञ्चालन
बालअधिकार अधिकृत हरिबहादुर सारुले गरेका थिए । कार्यक्रम समितिका
अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा
सम्पन्न भएको थियो ।

लेखक:पाल्पाका बालअधिकार अधिकृत हुन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %