नयाँबजारमा चेलीबेटी संग भेटघाट

Read Time:1 Minute, 31 Second

पोखरा, २७ भदौ – नेपाल मगर संघ कास्कीले तीजको अवसरमा चेलीबेटी भेटघाट तथा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा नेपाल मगर महिला संघ कास्कीको छैटौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई एक कार्यक्रम बीच सम्मान गरेको छ । समितिका अध्यक्ष दुर्गाबहादुर थापामगर र प्रमुख अतिथि पूर्णबहादुर राना मगरले उनीहरूलाई फूलमाला र खादाले सम्मान गरेका थिए ।

यसैबीच, विक्रम थापामगरको अध्यक्षतामा नेपाल मगर संघ नयाँबजार युवा संघ पनि गठन गरेको छ । यसैगरी, उपाध्यक्षमा सलिना रानामगर, सचिव सन्देश रानामगर, सह–सचिव विवेक  थापामगर, कोषाध्यक्ष दुर्गा रानामगरलाई चयन गरेको छ । यसैगरी, सदस्यहरूमा अनिल थापामगर, जीवन  थापामगर, रोशनी थापामगर, कृष्ण रानामगर, सम्झना पुनमगर, अनिता रानामगर, अविल थापामगर, सलिना थापामगर, ज्योति थापामगर, मनिका थापामगर, आर्यन  थापामगर, मनु  थापामगर, विक्रम थापामगर र दुर्गा रानामगर रहेकाछन् ।

उक्त एकाइ समितिमा १५० घरधुरी आबद्ध रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %