रूद्र श्रीसमगर
पोखरा, २८ भदौ – बागलुङ–पोखरा मगर समाजले चेलीबेटी भेटघाट तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार सम्पन्न भएको कार्यक्रममा समाजका चेलीबेटीहरूले नाचगान र खानपानसहित रमाइलो गरेका थिए । कार्यक्रममा बागलुङ महिला समाज–पोखराका अध्यक्ष ज्योति शेरचन, समाजसेवी कोपिला श्रीसमगर, जिल्ला शिक्षा कार्यालय बागलुङका स्रोत व्यक्ति ढकबहादुर पुनमगर, समाजका सल्लाहकार कृष्णाकुमारी श्रीसमगरलगायतले बोलेका थिए भने कलाकारहरूलाई सम्मान समेत गरिएको थियो ।
समाजका अध्यक्ष मेखबहादुर छन्त्यालमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगरले गरेका थिए ।
