आङकाजी शेर्पा अदालत बाट रिहा

Read Time:2 Minute, 13 Second

राज्यसत्ता,

काठमाण्डौ , भाद्र २८ –  नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा रिहा भएका छन् ।

उनी आज काठमाडौं जिल्ला अदालतबाट बीस हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।

विश्वभरका दर्जनौ आदिवासी जनजाति संघ संस्थाहरुले शेर्पाको गिरफ्तारी असम्बैधानिक , प्रतिशोधपूर्ण र कायरतापूर्ण भएको सरकारको टिप्पणी गरेका थिए । उनीहरुले विज्ञप्ति जारी गर्दै ससम्मान र बिनाशर्त रिहाइका लागि चेतावनी दिदै आएका थिए ।

 

 

जातीय सद्भाव बिग्रिने गरी उछृंखल अभिव्यक्ति दिँदै हिँडेको अभियोगमा उनलाई महानगरीय अपराध महाशाखाका प्रहरीले पक्राउ गरेको थियो । उनलाइ साइवर क्राइमको मुद्धा लगाइ पाँच बर्ष कैद र एकलाख रूपैयाँ जरिवाना गर्न बर्तमान सरकार कसिएको थियो । उनी बौद्धस्थित शेर्पा सेवा केन्द्रमा आयोजित कार्यक्रम स्थलबाट भदौ १६ गते पक्राउ परेका थिए ।

 

 

संघीय समाजवादी फोरमका नेता तथा केन्द्रिय सदश्य रहेका शेर्पा रिहा भएपछि उनका सयौ समर्थकले नाराबाजीसहित स्वागत गरेको नमस्तेनेपालीलेसमचार छापेको छ । 

शेर्पासंग मिल्दोजुल्दो सामाजिक सञ्जाल फेसबुकमा सामाजिक सद्भाव खलबलिने खालको मगर र दलितलाइ अश्लिल शब्दमा गाली गर्दै स्टाटसमा राखेका अर्गली ७ अर्तुङ्गा पाल्पाका प्रेमनारायण भट्टराइले भने न प्रहरीको पक्राउ न धरौटीनै तिर्नु पर्यो ।

 

 

 

पुरा पढ्न यो लिङक थिच्नुहोस: मगर र दलितलाइ गाली गरेको गल्ती स्वीकार्दै भट्टराईले माफी मागे

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %