लिम्वूवान तात्यो, अर्को चरणको आन्दोलनको घोषणाको लागी

Read Time:3 Minute, 8 Second

भैरब आङ्ला

धरान , भाद्र २८ -लिम्बुवान प्राप्तिको आन्दोलनलाई संविधान जारी गरे पनि नरोकिने लिम्बुवान संर्घष समितिमा आवद्ध नेताहरुले उद्घोष गरेका छन् ।

आठ मोर्चा सम्मिलित लिम्वूवान संयुक्त संर्घष समितिले दोश्रो चरणको आन्दोलन घोषणा क्रममा यस्तो उद्घोष गरेका हुन् । ‘२–५–१० वर्ष त के सयवर्ष पनि लिम्बुवान प्राप्तिको आन्दोलन गरेर लिम्बुवान प्राप्ति गरिछाड्छौं ।’ समितिमा सम्मिलित एमाओवादी निकट लिमबुवान मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष मुक्सामहाङ मेन्याङ्बोले भने । उनले लिम्बुवान प्रदेश प्राप्ति नहुञ्जेलसम्म आन्दोलन चलिरहने र ‘राज्यले सम्बोधन नर्गला तर, आन्दोलन जारी रहन्छ ।’ 

संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देन मिराकले संविधानले नै
आन्दोलन र लडाई जारी छ भन्ने प्रष्ट गरेको दाबी गरे । ‘लिम्बुवान अवको केही समयपछि प्राप्त गरिछाड्छौं ।’दोस्रो चरणको आन्दोलन अन्तर्गत केही रचनात्मक आन्दोलन गर्ने निर्णय गरेका छौ । उनले केही दलहरुले एकात्मकता लादेर संविधान वनाउदैमा लिम्वूवानको आन्दोलन नरोकिने अध्यक्ष लिङदेनको भनाई छ ।

अध्यक्ष मिराकले किरात प्रदेश ल्याउने जुन कुरा बाहिर आइरहेको छ त्यो सिंहदरबारीया सोचहरु अगाडी आएको र यसको निश्चित हार हुने र लिम्बुवान
प्राप्ति भएरै छाड्ने समेत वताए । उनले किरात प्रदेशका विषयमा आफूहरुको शान्तिपूर्ण असहमति जनाउर्दै आएको पनि वताए ।

दोस्रो चरण अन्तर्गत आज तेह्रथुमको बसन्तपुरमा खबरदारी सभा भयो । त्यस्तै भदौं २९ गते झापाको केर्खामा खबरदारी सभा, ३० गते मोरङको पथरीमा खबरदारी सभा
गर्ने कार्यक्रम तय गरेका छन् । भदौं २९ बाटै लिम्बुवानमा रहेका विभिन्न
समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको समन्वयकारी भूमिका निर्वाह
गरिरहेको किरात याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिंह थाम्देनले बताए । उनले
आधुनिक लिम्बुवान राज्य निर्माणको लागि डटिरहने बताए ।

आन्दोलनकै क्रममाराँके जुलुस, विशाल जनप्रदर्शन र लिम्बुवानको थुमहरुमा कोणसभाका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %