मगरातको राजधानी पाल्पामा भोली मगरहरू ग्रजिने

Read Time:3 Minute, 48 Second

माधव अर्याल

पाल्पा ,भाद्र २७, २०७२- मगरात प्रदेशको माग गर्दै विभिन्न दलका जातीय मोर्चाले आन्दोलन चर्काउने भएका छन् ।

नेपाल मगर संघ र संयुक्त मगर मञ्चले मगरात प्रदेशको सुनिश्चितका लागि आन्दोलन चर्काउने जनाएको हो । आन्दोलनका कार्यक्रम अनुसार भदौ २८ गते तानसेनमा बृहत प्रदर्शन गर्ने तयारी भएको जनाएको छ ।  

नेपाल मगर संघका अध्यक्ष बलबहादुर गाहाले सोमबार नै आन्दोलनका कार्यक्रम घोषणा हुने जानकारी दिए । दलहरूले ल्याएको प्रदेशमा मगरात भूमिलाई प्रदेश–४, प्रदेश–५ र प्रदेश–६ मा विभाजन गरिएकामा असन्तुष्टि जनाउँदै आएका छ्न । ऐतिहासिक मगरात भूमिलाई विभाजन गरेर क्षतविक्षत पारेकोमा आफूहरुको आपत्ती रहेको अध्यक्ष गाहाले बताए ।

जायज माग सुनुवाईका लागि शान्तिपूर्ण रूपमा संघर्ष गर्ने उनले बताए । आफूहरु हिंसाको पक्षमा नभएको बताउँदै मगरात प्राप्तिको आन्दोलनलाई सशक्त बनाउन सोमबारको बृहत प्रदर्शन आयोजना गरेको बताए । संघर्ष समितिले पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम प्युठान, म्याग्दी, बाग्लुङ्, तनहुँलगायतका जिल्ला अखण्ड मगरात प्रदेशमा राख्न माग गर्दै आएको छ ।

मगर समुदाय बाहुल्य रहेको जिल्लालाई प्रदेशमा राख्न र केही गाउँ र क्षेत्र बाहुल्य रहेको क्षेत्रलाई मगरात स्वायत्त क्षेत्र बनाउन संघर्ष समितिले माग गर्दै आएको नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष बसन्त घर्ति मगरले बताए ।

मगर संघका केन्द्रीय सदस्य गमबहादुर थापाले मगरात कुनै जात विशेषको राज्य भन्दा पनि पहिचान भएको बताउँदै यसले भाषा, संस्कृति र राज्यप्रति पछि परेका समुदायको अपनत्व कायम हुने बताए । शान्तिपूर्ण रूपमा आफूहरूका माग सम्बोधन नगरी उल्टो राज्यले दमन गरे प्रतिकारमा उत्रने चेतावनी उनीहरुको छ । मगरात संघर्ष समितिका अनुसार मगरात स्वायत्त क्षेत्र र उपस्वायत्त क्षेत्र कसरी विभाजन गर्ने भन्ने विषयमा आफूहरूले शीर्ष नेताहरूलाई जानकारी दिएको जनाएका छन् । समितिले पाल्पा बाहेक तनहुँ, बाग्लुङ, रोल्पा लगायतका जिल्ला सदरमुकाममा बृहत विरोध सभा गर्ने जनाएका छन् ।

मगर संघमा दुई दशकदेखि नेतृत्व गर्दै आएका नेपाली कांग्रेस र एमाले निटक नेताहरु पार्टीले कारबाही गर्ने निर्देशन दिएपछि आन्दोलनमा देखिएका छैनन् । मगरात संघर्षप्रति आफूहरुको ऐक्यबद्धता रहेको बताए पनि उनीहरु आन्दोलनमा भने निस्किएका छैनन् । आन्दोलनमा आफूहरुको नैतिक र आर्थिक सहयोग भएपनि भौतिक रुपमा बाहिर देखिन मिल्ने अवस्था नभएको एक कांग्रेस नेताले जनाएको कान्तिपुरले समचार कभर गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %