मनोज घर्तीमगर
पोखरा उपमहानगरपालिका नगर महिला समन्वय समितिको आयोजनामा ‘पोखरा तिज तारा–२०७२’ हुने भएको छ ।
भदौ २५ र २६ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा पोखरा नगरभरिका करिब ४० महिला समुहको सहभागिता हुनेछ । प्रथम समुहलाई ‘पोखरा तिज तारा’को उपाधीसँगै १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई सात हजार, सान्त्वना हुने दुई समुहलाई तीन/तीन हजार र उत्कृष्ट नृत्य तथा भेषभुषालाई २ हजार रुपैयाँ प्रदान गरिने समितिका अध्यक्ष पवित्रा गुरुङले बताइन् ।
दुई दिने प्रतियोगिता सम्पन्न गर्नका लागि ४ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । महिलाहरुको प्रतिभा प्रस्फुटनसँगै अधिकारको बारेमा गीतमार्फत सन्देश प्रवाह होस् भन्ने चहानाले प्रतियोगिता गर्न लागेको सुनाइन् ।
