सुनसरीमा सेना परिचालन, संगै दंगाग्रस्त क्षेत्र घोषणा

Read Time:4 Minute, 28 Second

भैरब आङला

सुनसरी, भाद्र २५ – आन्दोलनको क्रममा हिंसात्मक गतिविधि सरु हुन थालेपछि सुनसरीमा पनि दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

फोटो:फाइल फोटो

आज बिहानैबाट नेपाली सेना परिचालनसमेत गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थका अनुसार हिजोराति बसेको सुरक्षा समितिको बैठकले सदरमुकाम इनरुवा र पुर्व पश्चिम सडक खण्ड कोशी व्यारेज देखि ईटहरीको वुढी खोला सम्म र कोशी राजमार्गको ईटहरी देखि दुहवीको वुढी खोला पुल सम्मलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

(बन्दको आज अन्तिम दिन फोटो: लोकआङलाको फेशबुक बाट)

  दंगग्रस्त क्षेत्र घोषणा संगै आज बिहानैबाट सडकमा नेपाली सेना परिचालित छन । दंगाग्रस्त क्षेत्रमा नेपाली सेनाले हवाइ गस्तीसमेत सुरु गरेको छ । सुनसरीको लौकहीमा बिहानैबाट मधेसी मोर्चाका कार्यर्ताहरुले घरेलु हान हतियारसहित प्रदर्श जारी राखेका छन । सो क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिएको सुनसरीको प्रमुख जिल्ला अधिकारी पन्थले बताए ।

यस्तै लिम्बुवान संयुक्त संघर्ष समितिको आमहड्तालको कारण अरुण पुर्णको नौ जिल्लाको जनजिवन आज बिहानै देखी प्रभावित भएको छ । यातायातका साधानहरु चलेका छैनन । बजार पसल, शैक्षिक संस्था बन्द छन ।

 

सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभा सहितको नौ जिल्लालाई पहिचानका आधारमा लिम्बुवान प्रदेश घोषणा हुनुपर्ने मोर्चाको माग छ । यसैबिच संघियताको सिमांकनको बिरोधमा एक महिनादेखि तराइमधेश ठप्प छ । पुर्वदेखि पश्चिम तराईसम्म थरुहट तथा मधेश प्रदेशको माग गर्दै एक महिनादेखि आन्दोलन भईरहेको छ ।

यसैगरी उता लिम्बूवान संयुक्त संघर्ष समितिले आव्हान गरेको २ दिने बन्द अन्तर्गत आज अन्तिम दिनको बन्दमा मोरङको पथरीशनिश्चरेमा बन्द अझ कडाई गरेका छन् ।

बन्दकर्ताले विहानैदेखि नगरपालिकाको मुख्य राजमार्ग क्षेत्रमा मोटरसाइकल समेत बन्द गराएका छन् । प्रेस टाँसेका सञ्चारकर्मीका मोटरसाइकल पनि सो क्षेत्रमा बन्द गराइएको छ । बन्दकर्ताले केही मोटरसाइकल तोडफोड गरेपछि स्थानीयले विरोध गरेका थिए । त्यसपछि पश्चिममा डाँसखोला र पूर्वमा जयचोक क्षेत्र भित्रको ३ किलोमिटर क्षेत्रमा मोटरसाइकल बन्द गराएपछि सर्वसाधारण झनै मारमा परेका छन् । बन्दकर्ताले मोटरसाइकल तोडफोड गर्दा समेत मुख्य चोकमा सुरक्षाकर्मीहरुको सुरक्षा सक्रियता देखिएको छैन । केवल मोटरसाइकल डाइभर्सन गराउन मात्र उनीहरुको उपस्थिती रहेको छ ।

बन्दकर्ताले अन्तराष्ट्यि नियोगका सवारी तथा एम्बुलेन्स सेवा समेत रोकेर चेक गरेपछि मात्र गुड्न दिएका छन् । पथरी चोकका बजार, शिक्षण संस्था, यातायात पूर्णरुपमा बन्द छन् । प्रहरीले पश्चिम काठमाडौं लगायतका लामो दूरीबाट आएका बसहरु विहान स्कर्टिङ गरेर पूर्व पुर्याएको छ ।

उर्लाबारी, बेलबारी लगायतका क्षेत्रमा मोटरसाइकल भनें निर्वाध सञ्चालनमा छन् । बजारहरु भनें पूर्णरुपमा बन्द रहेका छन् ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %