देब पचभैया
पाल्पा, भाद्र २४ – पाल्पामा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।
पाल्पा जिल्लाको बौघागुम्हा गाविस वार्ड नं. ३ माथिल्लो छेर्लुङकी ५० वर्षीया विद्याकुमारी दर्जीको रहस्यमय तरिकारले मृत्यु भएको हो ।
उनको आफ्नै घरभित्र मृत अवस्थामा शव फेला परेको छ । बुधबार अर्थात हिजो वेलुकी करीव आठ वजे जलेको अवस्थामा आफ्नै घरभित्र शव फेला परेको हो ।
केहि दिन अघि हत्या गरिएको हुन सक्ने भएपनि छिमेकीले बुधबार साँझ मात्रै थाहा पाएका हुन् ।
दर्जीको कसैले हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।
घट्नाको प्रकृति हेर्दा संकास्पद रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।
घरभित्रको सधै सुत्ने खाट भन्दा अलि टाढा रहेको चुल्होको छेउमा सुतेको, शरीर माथि सिरक ओढाइएको र आगो लगाएको अवस्थामा विद्याको शव फेला परेको थियो । शरीरको करीव अर्ध भाग जलेको छ, सिरक पनि अधिकांश पोलीएको छ यद्यपी सिरकले सिर देखि पाउसम्म पुरै ढाकिएको अवस्थामा शव फेला परेको प्रहरी नायव उपरिक्षक तिम्सिनाले बताए। शव रहेको स्थानभन्दा वरीपरी केहि रगतको छिटा समेत देखिएको छ ।
बाहिरबाट ढोकामा सांली लगाइएको थियो । शव जलेर कालो भएकोले पनि हतियार प्रयोग गरिएको हो या होइन भन्नेबारे भन्न सकिने अवस्था रहेको छैन् । उनको हत्यापछि आगो लगाइएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घट्नाबारे अनुसन्धानलाई तीव्र पारिएको तिम्सिनाको भनाई छ । घट्ना स्थलमा प्रहरी नायव उपरिक्षक तिम्सिना र जिल्ला अस्पताल पाल्पाका डाक्टर झपेन्द्र ढकाल, पत्रकार पुगेका थिए । विद्याको जिल्ला अस्पताल पाल्पामा आजै पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ ।
करीव डेढ वर्ष अगाडी श्रीमानको मत्यु भएका दिव्याको दुवै छोरीको विवाह भइसकेको छ । श्रीमान गाउकै खेतमा मृत अवस्थामा फेला परेका थिए । श्रीमानको मत्यु भएदेखि उनि घरमा एक्लै वस्दै आएका थिए । सिलाई काम गरेर आफ्नो जिविकोपार्जन गर्दै आएकी दिव्या सामाजिक काममा पनि सक्रिय रुपमा काम गर्दै आएको स्थानीयको भनाई छ ।
