भैरब आङ्ला
सुनसरी, भाद्र २४ – लिम्बुवान संयुक्त संघर्ष समितिको आमहड्तालको कारण अरुण पुर्णको नौजिल्लाको जनजिवन प्रभावित भएको छ ।
यातायातका साधानहरु चलेका छैनन् । बजारपसल, शैक्षिक संस्था बन्द छन् । झापाको दमक, बिर्तामोड, मोरङ्को उर्लाबारी, सुनसरीको इटहरी र धरान,
धनकुटा, तेह्रथम, पाँचथर, ताप्लेजुङ् लगायतका ठाउँ हुँदै चल्ने यातायातका
साधानहरु चलेका छैनन् ।
बन्दकर्ताहरु सवारी साधन तथा बजारपसल बन्द गराउँदै हिडेका छन् । मोरङ्को पथरी र बेलबारीमा मोटरसाइकल समेत कुदाउन दिएका
छैनन्, चालकहरुलाई मोटरसाइकल डोहोर्याउन लगाउने गरेका छन् । इटहरीको सहायक बाटोबाट भने मोटरसाईकल, साईकल, सिटि सफारी, रिक्सा लगायतका सवारी संचालनमा छन । बन्दकर्ताहरुले प्रेस, मानवअधिकारका गाडि, एम्बुलेन्स र अत्यावस्यक सवारीमा भने कुनै अवरोध नरहेको जनाएका छन ।
सुनसरी, मोरङ,झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभा सहितको नौ जिल्लालाई ऐतिहासिक पहिचानका आधारमा लिम्बुवान प्रदेश घोषणा हुनुपर्ने मोर्चाको माग छ । संयुक्त संघर्ष समिति मोर्चामा कुमार लिंदेनको संघिय लिम्बुवान पार्टी, एमाओवादी निकट लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद, नेकपा–माओवादी निकट लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चा, नेकपा एकीकृत निकट लिम्बुवान स्वशासित संघ एकीकृत, संघिय समाजवादी फोरम निकट लिम्बुवान प्रदेश समिति, सामाजिक लोकतान्त्रिक पार्टी र लिम्बूहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङ आवद्ध छन ।
आठ संगठन सम्मिलित लिम्वूवान संयुक्त संघर्ष समितिले लिम्वूवानको माग गर्दे गरेको यो पहिलो चरणको आन्दोलन हो ।
दुई दिने भोलि सम्मको आमहडताल पछि फेरी दोश्रो चरणको आन्दोलनको घोषणा हुने लिम्वूवान संयुक्त संघर्ष समितिले जनाएको छ । यदी समयमै राज्यले लिम्वूवानको मागलाई सम्वोधन गर्यो भने आन्दोलन फिर्ता हुने र यदी वेवास्ता गरे लिम्वूवान प्राप्त नहुन्जेल विभिन्न चरणको आन्दोलन घोष्णा गरी आन्दोलन गर्ने समितिले जनाएको छ ।
यस्तै मधेसी मोर्चा र थारुवान संघर्ष समितीको बन्द पनि पूर्वमा जारी छ ।
यसले गर्दा कोशी पुर्वको तराईको जनजीवन पनि प्रभावित भएको छ । ईटहरी
दक्षिणमा आन्दोलनकारीले फाट्फुट्ट साईकल र मोटरसाईकल वाहेक कुनै
पनि यातायातका साधन चल्न दिएका छैनन् ।
