राज्यसत्ता,
काठमाण्डौ, भाद्र २३ – आदिबासी जनजाति महासंघका निबर्तमान महासचिब आङ्काजी सेर्पाको भोली भाद्र २४ गते जिल्ला अदालत काठमाण्डौमा सुनुवाइ हुदै छ ।

भोली शेर्पाको सुनुवाइमा ५० भन्दा बढी वकिलहरुले उनको पक्षमा वहस गर्ने भएका छन । बहशको लागी वकिलहरुको नेतृत्व वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले गर्ने भएका छन । सबै वकिलहरूको कार्यको जिम्मेवारी पनि बिभाजन गरि यसको अन्तिम तयारी सबै पूरा गरि सकिएको आदिबासी जनजाति महासंघका भूपू अध्यक्ष पाशाङ् शेर्पाले जानकारी दिए ।
गिरफ्तारीको बिरोध तथा रिहाईको लागि सरकारलाई दबाब दिन भोली भाद्र २४ गते बिहान ११ बजे जिल्ला अदालत बबरमहलमा सबै आदिबासी जनजाति र सरोकारवाला हरुलाइ भेला हुन अनुरोध गरिएको छ ।
आङ काजी शेर्पालाइ भोली बिहान जिल्ला अदालतमा बिहान ११:०० बजे नै ल्याइने भएको हुँदा पर्चा पम्प्लेट निर्माण र वितरण को निमित्त बिहान ९:०० बजे नै चावहिल स्तुपामा र १०:३० मा बबरमबहलमा उपस्थित हुन समेत भनिएको छ ।
