राज्यसत्ता,
महोत्तरी , भाद्र २३ – महोत्तरीको जलेश्वरमा भएको झडपमा प्रहरीले प्रदर्शनकारी माथी अन्दा घुन्दा गोली चलाएर पाँचजना प्रदर्शनकारीको मृत्यु भएको छ ।
मधेसी मोर्चाले सदरमुकाम जलेश्वरमा निकालेको जुलुस माथी प्रहरीरले र्प्रदर्शनकारीहरूलाइ जथाभाबि ब्यबहार गरेकोले उनिहरूले जिल्ला प्रहरी कार्यालयमा पर्बेस गर्न खोज्दा प्रहरीले स्थितिलार्इ नियन्त्रणमा लिन गोली चलाएको हो ।
प्रहरीले चलाएको गोली लागेर जलेश्वर–७ बज्राही निवासी रोहन चौधरी, जलेश्वर-१४ का मुसो कापर र रामविवेक यादवको ज्यान गएको हो । त्यसैगरी एकडारा निवासी शंकर पासवानको पनि ज्यान गएको छ । र अन्यको नाम खुल्न सकेको छैन ।
प्रहरीको गोली लागेर थप ७ जना गम्भीर घाइते भएका छन् । गम्भी घाइतेमध्ये तीनजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मोर्चाका कार्यकर्ताले मंगलबार राति जिल्ला शिक्षा कार्यालयमा आगजनी गरेका थिए ।
जलेश्वर नगरपालिकामा निकालिएको जुलुसका क्रममा उग्र प्रदर्शन गरिरहेका मोर्चाका कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालयमा जाइ लागेपछि प्रहरीले गोली चलाएको हो ।
मारिएका सबैजनाको घुँडाभन्दा माथि गोली लागेको छ । झडपका कारण अहिले जलेश्वर तनावग्रस्त छ ।
आज बिहान गृहमन्त्री बादेब गौतमले प्रहरीका उच्चतहका अधिकृतहरूलाई जम्मा गरी आन्दोलनमा जानेलाइ राम्रो प्रोतसाहन भत्ता दिने , आन्दोलनकारीले घरेलु हतियार बोक्नेलाइ गोली हान्न र सद्भाव बिथुल्ने भाषण दिनेलाइ पक्राउ गर्न आदेश दिएका थिए ।
केही दिन अगाडी कैलालीको टिकापुरमा प्रहरीले थारूहरू माथी भएको बर्बरता पूर्ण हत्याको बिरोधमा भाषण दिएकै भरमा आदिवासी जनजाति महासंघका निबर्तमान महासचिब आङ्काजी शेर्पालाइ बिनाकसुर साइबरक्राइमको आरोप लगाई हप्ता दिन अगाडी देखि थुनामा राखेको छ ।
शेर्पालाइ भोली भाद्र २४ गते सुनुवाइको लागी जिल्ला अदालत काठमान्डुमा प्रहरीले बिहान ११ बजे उपस्थित गराउदै छ ।
