आङ काजी शेर्पाको रिहा गर्न माग गर्दै भोली चक्काजाम गर्ने

Read Time:1 Minute, 30 Second

देब पचभैया

काठमाडौं, भाद्र २१ – आङ काजी शेर्पालाई रिहा गर्न भोली मंगलवार १ घण्टा चक्का जाम गर्ने भएको छ ।

पुर्व राजदुत डाक्टर गणेश योञ्जनको संयोजकत्वमा बौद्धका स्थानिय बासीले आङ काजी शेर्पालाई ससम्पान रिहा गर्न माग गर्दै दवाव दिन बेलुकी ४ बजे देखि ५ बजेसम्म पासाङ ल्हमु चोक चुच्चेपाटी देखि जोरपाटी चोकसम्म एक घण्टा चक्काजाम गर्ने भएको छ ।

चक्का जाममा सहभागी हुन  सम्पुर्ण शेर्पा समुदाय लगायत बौद्ध बासीलाई भोली ३ बजे चुच्चेपाटी आइपुग्न अनुरोध गरिएको शेर्पा संघका पुर्व महासचिव निमा तुण्डुप शेर्पाले जानकारी दिएका छन ।

आङ काजी शेर्पा शेर्पा समुदायको मात्र नभएर सम्पुर्ण जनजातीको अधिकारलाई सुनिश्चत गर्न लागि परेको एक योद्धा भएकाले अहिले राज्य सत्तामा बसेकाहरुले अपहरण शैलीमा उहालाई थुनामा राखेकोले सम्पूर्ण संघियता र पहिँचानबादीहरूलाइ उपस्थितको लागी शेर्पाले अनुरोध गरेका छन ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %