मगरको कर्मकाण्ड प्रशिक्षर्ण ललितपुरमा सुरु,चार प्रदेश, १६ जिल्लाका मगरहरुको सहभागिता (फाेटाे फिचर सहित)

Read Time:5 Minute, 10 Second

हुम बहादुर पचभैया मगर

ललितपुर, भदौ २५ । मगरहरुले आफ्नै कर्मकाण्डबाट जन्म देखि मृत्यु सम्मको संस्कार गर्न गराउँनको लागी चार दिवसिय वापा मापा (वा=वार्च, बुझेको र पा=पार्च, बुझाउँने) प्रशिक्षण (तालिम) ललितपुरको रानीबुँ स्थित लतिपुर मगर समाज सेवा केन्द्रको सभाहलमा सुरुभएको छ ।

प्रशिक्षर्ण कार्यक्रमको उद्धघाटन गर्दै समाजका केन्द्रीय अध्यक्ष क्या.देउबहादुर राना मगरले समाज लाई बिकृति र अन्धविस्वास बाट गाँजेको अन्धकारलाई हटाउँदै स्वच्छ ,सवल र समृद्धि समाजको बिकाश निमार्णमा लाग्न वापा मापा प्रशिक्षार्थीहरु लाई अनुरोध गर्नुभयो ।

नेपाल मगर बौद्ध सेवा समाजका प्रशिक्षक बिभागका प्रमुख वापा सद्धम्म कोविद पूर्ण बहादुर तरामी मगर ज्यूले उपस्थित प्रशिक्षार्थीहरु लाई त्रिशरण शील प्रार्थना, बुद्ध पुजा गराई पटिच्च समुत्पाद धर्म देशना चक्रको बारेमा प्रशिक्षर्ण दिनु भएको थियो । सद्धम्म कोविद पूर्ण बहादुर तरामी मगर भारतीय सेनाबाट अवकास प्राप्त सुबेदार हुनुहुन्छ भने पाली भाषामा नेपाल बौद्ध परियत्ति शिक्षाबाट सद्धम्म कोविद अनितम बर्ष तह १० (स्नातक) उतिर्ण गर्ने पहिलो मगर हुनुहुन्छ ।

साथै ,प्रशिक्षक सद्धम्म कोविद मापा पार्बती घर्ती मगरले गर्भमङ्गल अर्थात संस्कारको बारेमा प्रशिक्षर्ण दिनु भएको थियो । मगर समाजमा अन्य धेरै संस्कार भएता पनि जिवनमा नगरि नहुँने सात संस्कार मध्येः
१) जन्म, न्वारन,
२) अन्नपाशन ,
३)बिध्यार्जन वा शिक्षा ,
४) छोरा लाई छेवर र छोरीलाई गुन्योचेली दिने बारे ,
५) बिवाह ,
६) बयोबुद्ध पुजा र
७) मृत्यु संस्कार बारे महत्वपूर्ण प्रशिक्षर्ण दिनुभएको थियो ।


सद्धम्म कोविद मापा पार्बती घर्ती मगर मगर महिलाको तर्फबाट पहिलो पाली भाषाको नेपाल बौद्ध परियत्ति शिक्षाबाट सद्धम्म कोविद अनितम बर्ष तह १० (स्नातक) उतिर्ण गर्ने पहिलो मगर चेली हुनुहुन्छ । घर्ती मगर नेपाल मगर बौद्ध सेवा समाज लुम्बिनी प्रदेशको अध्यक्ष एवं नालाण्ड बौद विहार , रुपन्देही रुद्रपुरको अध्यक्ष समेत हुनुहुन्छ । एक छोरी र एक छोराकी आमा , १० बर्षको छोरालाई काठमाण्डौंको विश्वशाान्ती विहारमा भिक्षु (श्रामरेण) अर्थात(हाल बर्ष १६) भिक्षु बनाउनु भएको छ ।


समाजका महासचिव भिम बहादुर गुर्मछान मगरले मगर समाज र बुद्ध शिक्षाको बारेमा प्रष्ट पार्नु भएको थियो । गुर्मछान मगर बुद्ध शिक्षा र मगरको बारेमा पि.एच.डी. गर्दै हुनुहुन्छ ।

पहिलो दिनको अन्तिम क्लासमा भरखर जन्मिएका नवबालक र बालीकाको नाम राख्ने नामाकरणको बारेमा सद्धम्म कोविद पूर्ण बहादुर तरामी मगर ज्यूले प्रशिक्षर्ण दिनु भएको थियो । (कसरि नामाकरण गर्ने चित्रमा हेर्नु होला)

मगरको कर्मकाण्ड प्रशिक्षर्णमा कोसी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका १६ जिल्लाका मगरहरुले भाग लिएका छन । धनकुटा,भोजपुर,ओखलढुङगा,मोरङ , रामेछाप,सिन्दुपलान्चोक, प्यूँठान , बागलुङ , म्याग्दी , पर्वत , गुल्मी , स्गाङ्जा ,पाल्पा , धादिंग र काठमाण्डौं अपत्यकक चित्रको काठमाण्डौं , ललितपुर र भक्तपुर जिल्लाको उल्लेखनीय सहभागिता रहेको छ ।

नेपाल मगर बौद्ध सेवा समाज केन्द्रीय समितिको आयोजना र नेपाल मगर बौद्ध सेवा समाज काठमाण्डौ र ललितपुर जिल्ला समितिको सहआयोजनामा मिति २०८३ भदौ २५ देखि २८ गते चार दिन सम्म संचालन हुनेछ ।

वापा मापा तालिमकाे तस्बिरहरूः

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *