मेजर चाेक बहादुर थापा मगर
१, बीर गोरखा किल्ला, योजना के हो?
उत्तर:- भारत र ब्रिटिश बाट अवकाश प्राप्त गोरखा सैनिक हरुको सन् 1815 काे सुगौली सन्धि बाट शुरू गरेको गोरखा भर्ती काे 211वर्ष लामो वीरता काे अद्भुत गौरब शाली इतिहास जुन ओझेलमा पर्ने दयनिय स्थिति मा पुगेको छ, त्यसलाई संरक्षण गर्ने योजना हो।

२, यो योजना काे आवश्यकता किन पर्यो ?
उत्तर:- ब्रिटिश साम्राज्य ले नेपाल सँग गरेको लामो युद्ध पश्चात्, दुबै तर्फ हजारौं सैनिक हरुले ज्यान गुमाए,नेपाल ले झन एक तिहाई भूमि पनि गुमाई सकेको, तीन हजार गोरखा सैनिक हरु युद्ध बन्दी भएको अबस्था मा पनि नेपाल ले युद्ध जारी गरी रहँदा, ब्रिटिश ले नेपालि शासकहरुकाे मन चोर्न लाई सन्धि प्रस्ताव अघि सार्यो जसलाई नेपाल ले हार्नु भन्दा, गुलाम हुनु भन्दा बेस ठानेर स्वीकार गर्यो र सुगौली सन्धि सम्पन्न भयाे।

त्यसपछि पनि जब ब्रिटिश ले भारत छोडेर जाने बेला मा अर्को सन्धि गर्यो जसलाई त्रिपक्षीय सन्धि भनिन्छ, जसले गोरखा पल्टनहरू लाई विभाजन हुन बाध्य बनायो र 1,3,4,5,8,9GR समूह भारत मा भारत सरकार अधीन रहने र 2,6,7 र 10GR समूह ब्रिटिश मा रहने निर्णय भयो।यसरी गोरखा सैनिक हरु देश ले गरेको सन्धि काे कारण आज सम्म अर्का काे मुलुक काे लागि मर्न र मार्न जानु परेको छ, आज सम्म ग्यारह लाख युवा भर्ती भएको,सवा दुई लाख ले ज्यान गुमाउनु परेको र तीन लाख ले अंग भङ्ग हुनु परेको छ ।

तर पनि देश काे नाम राख्न काे लागि आज सम्म एउटा गोरखा सैनिक ले पनि युद्ध मैदान बाट शत्रु काे अगाडी पिठ्युँ फर्काएनन, बरु अन्तिम सास रहुन्जेल सम्म लडदै शहीद भएर विश्व लाई वीरता काे अनुपम उदाहरण प्रस्तुत गरे फलस्वरूप 13VC,1PVC,19MVC,90VrC,35SC,5KC,9AC र 162SM प्राप्त गरेर नेपाल काे नाम विश्व मा माथि उठाएको छ।

तर विडम्बना !
किन नेपाल ले आज सम्म 211वर्ष भई सक्दा पनि ति लाखौं शहीद हरु काे लागि स्मारक सम्म बनाएनन्? किन विश्व लाई बीर हरुको देश भनेर चिनाउने ति बीर योद्धा हरुलाई जसले युद्ध का उच्च पदक हरू प्राप्त गरेका छन् तिनलाई देश ले तिनी हरुको शालिक त टाढै काे कुरा,एउटा सम्बोधन र सम्मान को शब्द हरु सम्म उच्चारण गरेकाे कतै प्रमाण हरु भेटिँदैन।

यो समस्त गोरखा सैनिक हरु प्रति गरिएको घोर अपमान हो कि होईन? देश काे सत्ता मा सत्तासीन भएर बसेका हरुले गरेको यो व्यवहार हरुले विश्व सामु बीर गोरखा सैनिक हरु काे सिर लज्जा ले निहुरिएको छ। यो व्यवहार ले नेपालि जनता हरुलाई पनि हामीहरुले मुख्य दोषी ठहर गरेका छौ,यो अपमान ति उच्च बहादुरी काे पदक पाउने व्यक्तिहरु काे भन्दा पनि ति पदक हरूको प्रति देखाएको घोर अपमान जनक व्यवहार हो भन्ने हाम्राे बुझाई हो।

यी तमाम कारण हरुले गर्दा अब नेपाल मा रहेका भू.पू.गोरखा सैनिक हरुले आफ्नो र पुर्खा हरुले आर्जेको गौरब शाली वीरता काे इतिहास लाई साँच्चै पवित्र हृदय बाट सम्मान गरेको छ भन्ने कुरा हो भने अब त्यसलाई प्रमाणित गर्न को लागी इतिहास काे संरक्षण, गरेर देखाउनु पर्ने काम अपरिहार्य भएको छ चाहें देश ले गरोस् या न गरोस् अब चुप लागेर बस्नु महा कायरता हुनेछ।
त्यसकारण पहिलो शुरुवात 303जनाले यसको संरक्षण गर्नु को लागि तत्काल अघि आउन काे लागि हामी आह्वान गर्दछौं।

३,यो 303जना ले कसरी संरक्षण गर्छ?
उत्तर:-यो 303जना भू. पू.गोरखा सैनिक हरुले मासिक रूपमा 3000रू या आफ्नो आर्थिक क्षमता अनुसार 4000या5000सम्म किस्ता काे रूपमा 60किस्ता सम्म शेयर रकम जम्मा गर्ने छन्। जसले 3000रू किस्ता रोज्दछ साठी किस्ता पछि 180000, त्यस्तै 4000वाला काे 240000र 5000वाला काे 300000रु को शेयर रकम हुन जानेछ। यो 303जना बाट तीन प्रा. लि.कम्पनी दर्ता गरिने छ, एक प्रा.लि.मा 101जना शेयर सदस्य रहन सक्नेछ। यसरी पाँच वर्ष भित्र साढे पाँच करोड रकम ले स्मारक,सङ्ग्रहालय र शालिक हरू बनाइने छ।
४, कहाँ बनाउने हो त? जग्गा कसले दिन्छ?
उत्तर:- जग्गा काे लागि नेपाल दाहाखानी नेचर रिसोर्ट प्रा.लि.कम्पनी काे शेयर खरिद गरेर, शेयर सदस्य बन्न पर्ने छ। जसले जग्गा खरिद काे समस्या हल हुनेछ। यो जग्गा चितवन जिल्ला काे ईच्छा कामना गाउँपालिका काे 3 नम्बर वडा थाकलाङमा पर्दछ। हाल यस कम्पनी काे अधिकार मा दस बिघा नम्बरी जग्गा रहेको छ, जसको कित्ता नम्बर, यसै सँग संलग्न गरेको छ। अहिले त्यो जग्गा काे चलेको मूल्य दस लाख कठ्ठा छ, जस अनुसार दस बिघा काे मूल्य बीस करोड काे छ। अहिले त्यो जग्गा मा अस्थायी सुत्ने कटेज हरू 60जना सुत्न मिल्ने क्षमता को रहेको छ,अरू 24 टुरिष्ट टेन्ट मा 48 जना जोडा सुत्न मिल्ने व्यवस्था छ। तीन होटल, ड्रामा स्टेज, सेमिनार हल, ग्यारह स्विमिङ पुल, पिकनिक स्पट आदि रहेको छ।

५, कहिले बाट निर्माण कार्य शुरु गर्न सकिन्छ?
उत्तर:- छिटो भन्दा छिटो 101अर्थात् एक प्रा.लि.कम्पनी को सङ्ख्या असोज अन्त सम्म पूरा हुने बित्तिकै निर्माण कार्य शुरु गरिनेछ। साथै दुई प्रा. लि. कम्पनी लाई पनि मंसिर भित्र खडा गरी सक्नु पर्नेछ। जसबाट मासिक नौलाख नौ हजार रकम जम्मा गरिनेछ।
६,के 303भन्दा बढी संख्या ले शेयर लिन पाउँदैन?
उत्तर:- यो संख्या काे निर्धारण बजेट काे आवश्यकता अनुसार पछि गरिनेछ। किनकि 303जना र रिसोर्ट काे आफ्नो शेयर धनी हरु 91जना रहेको छ, जसले तीन प्रा.लि.को पनि संख्या जोडदा 394जना शेयर सदस्य पुग्न जान्छ, जति कम शेयर धनी होला उति नै वार्षिक आम्दानी काे भाग बढी पाइनेछ ।
७, यसमा शेयर हाल्ने हरुलाई आर्थिक फाईदा, सुविधा हरु के के छ त?
उत्तर:- शेयर धनी हरुलाई फाईदा हरु धेरै नै छन् जुन निम्न लिखित छन्।
a, शेयर रकम किस्ता मा हाल्न सुविधा दिएको छ, एक मुस्ट हाल्न पर्दैन। मासिक क्षमता अनुसार 3000या 4000या 5000हाल्न पाइन्छ। समय पाँच वर्षको दिएको छ, तर रकम भएँ एकै चोटी या पाँच वर्ष भन्दा पहिले नै किस्ता मा रकम थपेर पनि शेयर रकम पूरा गर्न पाइन्छ। कुनै कारणले शेयर रकम फिर्ता चाहिएमा तुरन्तै जमा रकम बिना क्षति पूर्ति या जरिवानाकाे फिर्ता गरिनेछ।
b,शेयर धनी हरुलाई एक जना काे लागि job ग्यारेन्टी रहनेछ। निर्माण कार्य सकिए पछि, शेयर धनी हरु रिसोर्ट मा बस्न, श्रीमान श्रीमती लाई कटेज चार्ज लाग्ने छैन, स्विमिङ चार्ज पनि निःशुल्क हुने छ, यो एक दिनलाई होईन जति दिन बसे पनि निःशुल्क हुनेछ मात्रै खाना काे शुल्क लाग्ने छ।
c, यदि कसैले आफ्नो लगानी मा कुनै व्यवसाय रिसोर्ट भित्र खोल्न चाहें मा कम्पनी ले निर्णय गरेर दिन सक्नेछ जसको भाडा मासिक नाफा काे 10%तिर्नु पर्नेछ। यदि घाटा भएमा भाडा तिर्नु पर्ने छैन।
d, शेयर धनीहरुले, ड्राइभर, गाइड, पेन्टर, गार्ड, कलाकार, मेनेजर, कुक, वेटर, रुम ब्वाइ, गार्डेनर, मार्केटिङ इन्चार्ज, स्टोर किपर, पसले, बाउन्सर, मिस्त्री, इलेक्ट्रिक मेकानिक, प्लम्बर, वेल्डर, लेबर, सिंगर आदि पोस्ट मा जागिर गर्न सक्ने छन।
e,शेयरधनीहरुले आफ्नै लोकल कुखुरा फर्म, लोकल खसी फर्म, माछा फर्म, साग सब्जी खेती, तिनपानी रक्सी,जाँड, तोङ्बा, छ्याङ काे व्यवसाय गर्न पाउने छन।
f, शेयर धनी जस कसैको आफ्नो बस,जीप, ट्रयाक्टर, jcb आदि छन तिनले पनि पर्यटक ल्याउन पाउने र अन्य संसाधन ले निर्माण मा ज्यालादारी मा काम पाउने छन।
g, सबै भन्दा ठूलो सम्मान को कुरा 211वर्ष काे इतिहास लाई संरक्षण गर्ने संरक्षक काे लिष्ट मा नाम लेख्ने शोभाग्य प्राप्त हुनेछ।
( लेखकः मेजर चाेक बहादुर थापा मगर भारतिय सेनाका अवकास अधिकृत र याे परियाेजनाकाे याेजनाकार हुनुहुन्छ )
