बाढीपीडितका लागि एभरेस्ट स्कुलद्वारा ९ लाख ५ हजार रुपैयाँ सहयोग

Read Time:2 Minute, 32 Second

अन्नपुण केसी

भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कुलले संयुक्त रुपमा हालैको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ राहत सहयोग गरेका छन् ।

जिल्ला प्याव्सन भक्तपुरले स्कुललाई पठाइएको पत्रअनुसार दुवै विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट संकलित रकम राहत तथा मानवीय सहयोगका लागि जिल्ला प्याव्सनको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको खातामा जम्मा गरिएको जनाएको हो । विद्यालय प्रशासनका अनुसार बाढीबाट पीडित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले शिक्षक, कर्मचारी र विद्यार्थीबाट उक्त रकम संकलन गरिएको हो । रकम बैंक खातामा जम्मा गरेपछि बैंक भौचरसमेत जिल्ला प्याव्सनको कार्यालयमा जानकारीका लागि पठाइएको विद्यालयले जनाएको छ । यो पत्रको व्यहोरा नगर शिक्षा भक्तपुर, केन्द्रिय प्याव्सन काठमाडौं र नगर प्याव्सन भक्तपुरलाई बोधार्थ पनि पठाइएको छ ।

विद्यालयले दिएको विवरणअनुसार एभरेस्ट इङ्लिस स्कुलबाट ६ लाख २३ हजार ४४ रुपैयाँ र एभरेस्ट भक्तपुर स्कुलबाट २ लाख ८२ हजार २ सय ६० रुपैयाँ संकलन भएको छ । दुवै विद्यालयको रकम जोड्दा कुल ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ पुगेको हो । एभरेस्ट इगलिश स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी र एभरेस्ट भक्तपुर स्कुलकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीद्धारा जारी संयक्त पत्रमा उल्लेख छ ।

दुवै स्कुल हाल संयुक्त रुपमै भक्तपुर नगरपालिका वडा नं २ मिबाछेँ व्यासीमा रहेको छ । एभरेस्ट इङ्लिस स्कुल सन् १९८३ मा स्थापना भएको विद्यालय हो ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %