हिउँ पहिराे कहिले जान्छ, हिमनदि कहिले थुनिएर ताल बन्छ, हिमताल कहपले फुट्छ थाहा नहुने भाे अब नदि खाेंचमा सडक र बस्ति नबसाउ

Read Time:7 Minute, 18 Second

ऐतिहासिक कालखण्डमा रसुवाका मानिसहरू भोटेकोशीको किनारमा बस्ति बसाएर बस्दैनथे। पछि सडक विस्तार भएपछि नदी किनारका बस्तीहरू बसाएका हुन् । सडक विस्तारपछि व्यापारिक सहजताका लागि र बजार बस्ने क्रममा मात्रै विस्तार भएका हुन्।

१. भाेटेकाेशि जस्ता खाेंचमा बस्ति नबसाअाैं

ऐतिहासिक कालखण्डमा रसुवामा बस्ती डाँडा र सुरक्षित पाखामा बसाउँथे ।  जस्तै पुराना रैथाने बस्तिहरू; लाङटाङ, गत्लाङ, थुमन, टिमुरेको माथिल्लो भाग, हाकु आदि बस्ति वा गाउँहरू नदीको तीव्र बहावभन्दा धेरै माथि, सुरक्षित डाँडा वा पहाडी पाखाहरूमा थिए।

यसरि बस्ती बस्दा सुरक्षा हुन्थ्याे । भोटेकोशी जस्ता हिमाली नदीहरूमा आउने आकस्मिक बाढी (Flash Floods) बाट जोगिन सहज हुन्थ्याे। अर्काे कुरा कृषि वा खेतिपातिकाे लागि राम्रो हुन्छ । किनकि पहाडी पाखामा घाम लाग्ने र कोदो, मकै, आलु, वा जौ खेती गर्न सहज हुने गराहरू वा बारिहरू (Terrace Farming) हुन्थे। पशुपालन गर्न सजिलाे हुन्थ्याे ।  चौँरी र भेडा च्याङ्ग्रा चराउनका लागि जङ्गल र खर्कहरू माथिल्लो भेगमै हुन्थे।

२. नदिकाे किनारमा सडक बनाउनु बस्ति बसाल्नु गल्ति 

भाेटेकाेशि नदी किनारमा बस्ती व्यापारिक मार्ग र केरुङ नाका खाेलेपछि सुरू भएको हाे । हुनत तिब्बतसँग व्यापार गर्न ऐतिहासिक कालमा पनि भोटेकोशीको गल्छी हुँदै मानिसहरू ओहोरदोहोर गर्थे । हिंड्थे । तर त्यहाँ स्थायी घरहरू हुन्दैनथे। केवल भारी बिसाउने वा भरिया बस्ने ससाना पाटी-पौवा मात्र हुन्थे।

जब चीनसँगको केरुङ नाका जोड्ने स्याफ्रुबेँसी-रसुवागढी सडकखण्ड बन्याे त्यसपछि रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी र बेत्रावती जस्ता नदी किनारका ठाउँहरूमा व्यापारिक केन्द्र (Market Hubs) बनेकाे हाे । अनि मानिसहरू व्यापार र होटल व्यवसाय गर्न डाँडाबाट झरेर नदी किनारमा घर बनाएर बस्न थाले।

३. अब नदिकाे खाेंचमा सडक र बस्ति नबसाउ

अब भोटेकोशी किनार जस्तो ठाउँमा फेरि बस्ती बसाउनु हुँदैन ।  भोटेकोशी जस्ता हिमाली नदीका साँघुरा खोंचहरूमा स्थायी बस्ती बसाउनु अत्यन्तै जोखिमपूर्ण र आत्मघाती हुन्छ भन्ने कुरा अहिलेकाे बाढिकाे बितण्डाबाट प्रष्ट हुन्छ । सयाैं जनाकाे मृत्यु र हजाराैं जना बेपत्ता भएका छन् ।

हिमतालहरू कुन बेला फुट्छन् (Glacial Lake Outburst Flood), हिउँ पहिराे( Avalanche) कहिले जान्छ, हिमनदिमा कहिले कृत्रिम ताल बन्छ र  कहिले फुट्छ अनि कहिले ठूलो बाढी आउँछ भनेर भविष्यबाणी गर्न असम्भव छ। यस्ता नदि र तालहरू फुट्दा गेग्रानसहितको बाढी (Debris Flow) ल्याउने कुरा हामीले प्रष्ट देख्याैं यसपटक । साना-तिना पहिरोले नदी थुनिएर केही घण्टामै कृत्रिम ताल बन्ने र त्यो फुट्दा तलका पहाडि खाेंचका बस्ती बगाउने उच्च जोखिम सधैँ रहन्छ।

हाम्रा पूर्खाहरूले  विज्ञान प्रविधिकाे ज्ञान बिना पनि उनीहरू नदीको उपयोग गर्थे ।  तर बस्नका लागि सुरक्षित डाँडाहरू नै रोज्थे। 

४. हिजाे काठमाडौँ, ललितपुर, भक्तपुरकाे बस्ति वैज्ञानिक थियाे

काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर)मा निकै बुद्धिमानीपूर्वक बस्तीहरू बसाएका थिए। काठमाडौँ, ललितपुर, भक्तपुरमा ऐतिहासिक कालमा बस्तीहरू नदीको किनार वा समथर फाँटमा नभएर ‘टार’ वा अलि उँचो र सुख्खा माटो भएको स्थानमा बस्ती बसाइएका थिए। काठमाडौँको थिमी, कीर्तिपुर, भक्तपुर नगर, पाटन नगर, र काठमाडौँको भित्री सहर (असन्, मरु) हरू नदीको सतहभन्दा अलि माथिल्लो सुरक्षित टार (Tar Landscape) वा ढिस्कोमा अवस्थित छन्।

मलिलो फाँट खेती याेग्य जमिनमा कहिले बस्ति बसाएन । हाम्रा पुर्खाहरूले खेतीपातीका लागि खाली छाड्थे। बस्नका लागि बुढापाकाहरूले अनुत्पादक वा सुख्खा रातो माटो भएको टार रोज्थे र बस्ति बसाउँथे । नेवारहरूले कृषियोग्य जमिन कम नहोस् भन्नका लागि घरहरू जाेडिएर (Compact Settlements) बसाउँथे । दुबै घरकाे आँगन साझा हुन्थ्याे ।  त्यहि साझा आँगन साझा बाटाे हुन्थ्याे र छ ।

५. पहाडी भेगकाे बस्ति

पहाडी भेग (The Hill Regions)मा मानिसहरू न त एकदमै अग्लो डाँडाको टुप्पोमा बस्थे, न त नदीको किनारमा। उनीहरू पहाडको बिचको पाखो वा थाप्लो रोज्थे।घाम लाग्ने पाखो (Sunny Slopes/Suni-Side)मा बस्थे । पहाडमा मानिसहरू घाम लाग्ने ठाउँमा बस्थे । बिहानैदेखि बेलुकासम्म घाम लाग्ने ठाउँलाई  “सुलिन र उत्तरतर्फ फर्किएका चिसो र ओसिलो पाखालाई ‘सिलिन’ भनिन्छ । बस्तिहरू पानीको मुहान नजिक (Proximity to Springs) बस्थे । त्यसैले गाउँहरू साना कुवा, पँधेरो वा प्राकृतिक मूल (Springs) भएका ठाउँभन्दा अलि माथि बस्थे, ताकि खानेपानी सजिलै पुगोस् तर पानीको मुहान फोहोर नहोस् भनेर पुजा गर्थे । नाग बस्छ भन्थ्याे ।

६. हिमाली भेगकाे बस्ति

हिमाली भेगमा बस्ती (The Mountain Regions) मौसम कठोर हुने भएकाले त्यहाँ बस्ती बस्ने ढाँचा भिन्नै थियो। चिसाे हावाबाट बँच्न  उपत्यका र खोंच (Wind-Protected Valleys)मा बस्ति बसाउँथे ।  

७. तराई भेगकाे बस्ति

तराई क्षेत्र (The Terai Plains)मा पनि अग्ला ढिस्का (Natural Levees) वा नदीले बगाएर थुपारेको बालुवा-माटोको अलि अग्लो थुम्कोमा बस्ति बसाउँथे ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %