बाढी प्रभावित क्षेत्रमा हिन्दू स्वयंसेवक संघ नेपाल लगायत का संस्थाद्वारा उद्धार तथा सेवा कार्य प्रारम्भ

Read Time:2 Minute, 56 Second

राजाराम दास

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका विभिन्न क्षेत्रमा उत्पन्न विपद्को अवस्थामा हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल लगायतका संस्थाका स्वयंसेवकहरू उद्धार, सेवा तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा परिचालित भएका छन्।

बाढी तथा डुबानका कारण जोखिममा परेका नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्थाको जानकारी लिने, आवश्यकताको पहिचान गर्ने तथा सम्बन्धित स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी सेवा तथा उद्धार कार्यमा जुटेको छ।

यसै क्रममा हिन्दू स्वयंसेवक संघ नेपाल र विश्व हिन्दू परिषद् नेपाल का स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगिसकेको छ। टोलीले स्थानीय निकाय तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गर्दै उद्धार, राहत तथा मानवीय सेवाका कार्यहरू प्रारम्भ गरेको छ।

विश्व हिन्दू परिषद् नेपालले देशभर रहेका आफ्ना स्वयंसेवक तथा कार्यकर्ताहरूलाई आवश्यकताअनुसार प्रभावित क्षेत्रमा परिचालित भई उद्धार, सेवा तथा राहत कार्यमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ। विपद्को यस कठिन घडीमा सबै स्वयंसेवक तथा सामाजिक संघ–संस्थालाई मानवीय सेवाका कार्यमा एकजुट भई सहयोग गर्नसमेत अनुरोध गरिएको छ।

बाढी तथा विपद्का कारण भएको जनधनको क्षतिप्रति हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल लगायत प्रभावित क्षेत्रमा खटिएका संस्थाहरूले गहिरो दुःख व्यक्त गरेका छन्। यस विपद्मा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइते एवं प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %