राज्यसत्ता ,
काठमाण्डौ, भदौ ११ । नेल्सन मण्डेलाको उपनामले परिचित नेपालका चर्चित नेता स्व.खपाङ्गीको आज १०औ स्मृति दिवश देशको चारवटा प्रदेशको विभिन्न ठाउँमा संघ संस्थाहरुले मनाउँदै छन ।

बागमति प्रदेशको काठमाण्डौं जिल्लाको प्रज्ञा प्रतिष्ठानमा ११ बजे देखि गोरेबहादुर खपाङ्गी फाउँडेशनले मनाउँदै छ । प्रज्ञा प्रतिष्ठानमा हुने का र्यक्रमलाई मानवशास्त्री डा.डम्बर चेम्जोङले सम्बोधन गर्ने छन भने मगर संघको मूलघरमा बिहान ८ बजे हुने कार्यक्रमलाई पूर्व शिक्षा मन्त्री केशर बहादुर बिष्टले सम्बोधन गर्ने छन । मगर संघले आज बिहान ८ बजे देखि आफ्नै मगर भवनमा नेता खपाङ्गीको संझनामा कार्यक्रम गरेको छ ।

खपाङ्गीको गृह जिल्ला , महोत्तरीको बेख्गाडी ,मधेश प्रदेशमा पनि खपाङ्गीको स्मृति दिवश मनाईदै छ । गोरे बहादुर खपाङ्गी फाउँडेशन शाखा महोत्तरीमा चन्द्र बहादुर श्रीस मगरले सम्बोधन गर्नेभएका छन । श्रीस मगर भदौ १० गतेनै महोत्तरी पुगि सकेकाछन । श्रीस मगरले खपाङ्गीसंग राष्ट्रि जनमुक्ति पार्टी र मगर संघमा लामो समयसम्म काम गरेकाे अनुभव छ ।
साथै,आजनै लुम्बिी प्रदेशको रुपन्देहीको मङ्गलापुरमा र भोली १२ गते गण्डकी प्रदेशको तनहुँमा नेपाल मगर संघ तनहुँ जिल्ला समन्वय समितिले खपाङ्गीको स्मृति दिवश मनाउने राज्यसत्तालाई जानाकारि प्राप्त भएको छ ।

खपाङ्गीले लामो समयसम्म मगर संघको अध्यक्षको रुपमा ४ कार्यकाल काम गरि मगर समुदाय लगायत आदिबासी जनजातीहरु लाई राष्ट्रिय जनमुक्ति पार्टी राजनीतिक दल मार्फत चेतना जगाउने काम गरेकोले उहाँको संझनामा देश र बिदेशमा समेत स्मृतिमा विभिन्न काम गर्दै आईरहेको छ ।

राष्ट्रिय जनमुक्ति पाटीले सावन २५ गते लाई खपाङ्गीको जन्म जयन्ति मनाउँदै आएको छ । खपाङ्गी राष्ट्रिय जनमुक्ति पाटीको संस्थापक महासचिब थिए ।
