मन्जिला अनिलको ‘बुवाहजुर’ महाकाव्य लोकार्पित

Read Time:4 Minute, 28 Second

काठमाडौं । २०८३ साउन ३० गते । प्रज्ञाभवन,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आज अनेसास नेपाल च्याप्टरका वरिष्ठ उपाध्यक्ष साहित्यकार मन्जिला अनिलद्वारा लिखित ‘बुवाहजुर’ महाकवि लक्ष्मीप्रसाद देवकोटामा आधारित आधिकारिक महाकाव्यको लोकार्पण समारोहको आयोजना गर्यो ।

भागवत वाचक अजितप्रसाद गौतम प्रमुख अतिथि रहेको सो कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष तथा केन्द्रीय कार्यसमिति सदस्य  राजेन्द्र के. सी.को अध्यक्षतामा सम्पन्न भएको थियो ।मन्चासीन र अन्य आमन्त्रित अतिथिहरुले सामूहिक कृतिको लोकार्पण गरिएको सो कार्यक्रमका प्रमुख अतिथि गौतम, अध्यक्ष के.सी., विशिष्ट अतिथिहरु साहित्यकार एवं महाकवि लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र पदम देवकोटा, त्रिविवि नेपाली विभागका पूर्व प्रमुख प्राडा. खगेन्द्रप्रसाद लुइटेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका पूर्व अध्यक्ष राधेश्याम लेकाली, पूर्व सल्लाहकार प्रतीक ढकाल, प्राडा. बि ओ टी सल्लाहकार तीर्थ अधिकारी, पूर्व सूचना आयुक्त कमला ओली लगायतले मन्तव्य राखेको सो कार्यक्रममा अनेसास बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोख्रेल, केन्द्रीय समितिका निवर्तमान सदस्य तारा उप्रेतीसमेतको उपस्थिति रहेको थियो ।

यसअघि प्रमुख अतिथि भागवत वाचक अजितप्रसाद गौतमले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको सो कार्यक्रममा अतुल स्मृति गुरुकुलका बालबालिकाबाट मङ्गलाचरण प्रस्तुत गरिएको थियो ।लोकार्पित कृतिबाट कविहरु कल्पना काफ्ले र कवि भवानी खतिवडाले केही श्लोक वाचन वाचन गरेकी थिइन् ।कार्यक्रममा लोकार्पित कृतिको समीक्षा साहित्यकार डा. देवी नेपाल र समालोचक ज्ञाननिष्ठ ज्ञवालीले गरेका थिए भने कृतिका सर्जक मन्जिला अनिलले लेखकीय मन्तव्य राखेकि थिइन् ।मन्तव्यमा महाकाव्यकार मञ्जिला अनिलले महाकवि देवकोटासम्बन्धी समाजमा भ्रमहरू फैलिएको हुनाले ती भ्रमलाई चिर्नको लागि ‘बुवाहजुर’ लेखेको बताइन् ।कार्यक्रममा अनेसास नेपाल च्याप्टरको तर्फबाट कृतिकार मन्जिला अनिललाई सम्मानपत्रसहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र वरिष्ठ आख्यानकार राजेन्द्र विमलप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।महासचिव रन्जना निरौलाले स्वागत र उपाध्यक्ष निर्मलरमण पराजुलीले धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रमको सहजीकरण डा. घनश्याम खतिवडाले गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि भागवत वाचक अजितप्रसाद गौतम, कृति समीक्षकद्वय डा. देवी नेपाल र ज्ञाननिष्ठ ज्ञवाली, अतुल स्मृति गुरुकुल र कार्यक्रम सहजकर्ता डा. घनश्याम खतिवडालाई मायाको चिनो प्रदान गरिएको थियो ।कार्यक्रममा साहित्यकार, पत्रकार, आयोजक संस्था अनेसासका सदस्य र मन्जिला अनिलका परिवारको बाक्लो उपस्थिति रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %