जलेर खण्डहर भएको देउवाको घरमा आरजुविरूद्ध तामेली टाँसियाे

Read Time:2 Minute, 1 Second

राज्यसत्ता संवाददाता
काठमाडौं, २०८३ असार ६ / नेपाली काङ्ग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाकाे आगाेले जलेर खण्डहर भएको घरकाे भित्तामा उनकि श्रीमती पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवालाई बयानका दिनका लागि तामेलि टाँसिएको छ । बोलाएको छ।

आरजु राणालाई इ-पासपोर्ट खरिद प्रक्रियामा अनियमित भएको देखिएकाेले अनुसन्धान गर्नका लागि आयोगले तीन दिनभित्र हाजिर हुनकाे लागि तामेलि टाँसेकाे हो। साे तामेलि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मंगलबार बूढानीलकण्ठस्थित देउवा-राणाकाे खण्डहर घरमा पुगेर बयानका लागि हाजिर हुन भनेर सूचना टाँसेको हाे ।

देउवाकाे निवास २०८२ भदौ २४ मा जेनजी आन्दोलनमा जलाईएकाे थियाे । अहिले साे घर भत्काउने काम भइरहेको छ। त्यही घरको एउटा भितेताकाे कुनामा तामेलि सूचना टाँसेको हो।

देउवा परिवार जेनजी आन्दोलन पश्चात् उनीहरू महारपश्चात महाराजगन्ज स्थित घर भाडामा लिएर बसेका थिए। देउवा-राणा अहिले उनीहरू उपचारका लागि विदेशमा गएका छन्।

साे कुरा बूढानिलकण्ठ नगरपालिका-२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठलाई अख्तियारको टोलीले सम्पर्क गरेर इ-पासपोर्ट लागि म्याद तामेल गरेको जानकारी दिएकाे थियाे । आरजु राणा पुर्व परराष्ट मन्त्री मात्रै नभई नेपाली काङ्ग्रेसकि नेता पनि हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %