रास्वपा माने घण्टी पार्टीले घरघरै पुराण लगाउने ?

Read Time:3 Minute, 57 Second

B. K. Rana & Langhali Pariwar Cambridge

पुराण र सनातनी कुरा गरिएको भेटियो “राष्ट्रिय स्वतन्त्र पार्टी”को नीति र कार्यक्रममा ?!? सनातनी कुरा भनेको भारतीय मठाधीश, पीठाधीश, महापण्डित वा  पण्डितहरुका आ-आफ्ना विचार अनुसार  “वेद, उपनिषद, पुराण र  भगवद्गीताका  ज्ञानमा आधारित, सत्यको  खोजी  गर्ने वाला मार्ग ” रे ।यो त उदेककै कुरा भो । रामायण, महाभारत, मनुस्मृति वा गीताका  कतिपय कुराहरु अत्यन्तै नश्ल्वादी   र जति भ्रत्सर्ना गरेपनि कम हुने खालका छन  ।

अब आजको AI को जमानामा यस्ता पुराण, सनातनी र आध्यात्मिक कुरा ? अच्चम लाग्यो । मान्छेहरु  मंगलग्रहमा जाने योजना बनाउदैछन्  तर त्यहाँ  नेपालतिर भने सर्दार रुद्रराज पाण्डेहरुको सन् १९५६ को प्रतिवेदनमा लेखिएको पत्रु पंचायती शिक्षानीतिको जस्तो कुरा गर्दैछन यतिखेर।  त्यसो त Christopher Beckwith ले, सन् २०१५ मा प्रकाशित आफ्नो ‘Greek Buddha’ – भन्ने किताबमा बुद्धकै जन्मस्थल र जन्म तिथिमितिबारे नै प्रश्न उठाएका छन् । लुम्बिनी अशोकस्तम्भका कुरा सबै प्रमाणिक नहुन पनि सक्छन । तर्कसंगत छन् उनका कुराहरु ।

‘मुकुमलुंग’ कसरी ‘पाथिभरा’ ? मुक्तिनाथको नाम पहिले के थियो ? त्यहाका “स्थानीयहरुले मुक्तिनाथलाई ‘छेमे घेच’ भन्छन” । कान्तिपुर कोसेलीमा भदौ २, २०५८ प्रकाशित मेरो एउटा सानो लेखमा यो कुरा छापिएको थियो । त्यहाँका आदिवासीहरुको  सांस्कृतिक  सम्पदाको कुरा चाहिँ के हुन्छ  नि त अब ?

खैर ,कुरा के भने विज्ञान सम्मत कुरा हुनु पर्यो । पुराणका कुरा भन्दा बिज्ञान र प्रविधिको कुरा गरिएको हुनुपर्थ्यो भन्ने कुरा हो ?

तल हेर्नुहोस त्यो पार्टीको कुरा :
सांस्कृतिक सम्पदा एवं नेपाली संस्कृति र सनातन वैदिक संस्कृतिलाई विद्यालय पाठ्यक्रममा समावेश गरी आध्यात्मिक ज्ञानलाई प्रवर्धन गरिने छ । नेपालका मौलिक धर्म, मूल्य–मान्यतालाई मानवीय विकासमा मद्दत हुने गरी प्रवर्धन गरिने छ । पौराणिक महत्वका धार्मिक, सांस्कृतिक स्थान, सबै धर्मावलम्बीका ग्रन्थ, सामाग्रीलगायतको संरक्षण गरिने छ भने तिनको अनुसन्धान गरी राष्ट्र निर्माणमा सदुपयोग गरिने छ । जबर्जस्ती वा प्रलोभनमा पारेर धर्म परिर्वतन गराउनेलाई हदैसम्मको कारबाही गरिने छ । सबै धर्म र धर्मावलम्बीहरुको सम्मान र संरक्षण राज्यको प्राथमिकता हुनेछ । पवित्र लुम्बिनीलाई विश्वकै सर्वोत्कृष्ट ध्यान तथा बौद्ध गन्तव्य बनाउन कुनै कसर बाँकी राखिने छैन । हरेक धर्मावलम्बीको सम्मान गर्दै नेपाललाई आध्यात्मिक राष्ट्रतर्फ उन्मुख गराइने छ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *