बेलायतमा बस्ने भूतपूर्व सैनिकले गृहमन्त्री ओम प्रकाश अर्याललाई भेटि ज्ञापनपत्र बुझायो

Read Time:3 Minute, 10 Second

राज्यसत्ता ,

काठमाण्डौं , मङ्सिर २१ । २०८२ मङ्सिर १९ गते (तदानुसार ५ दिसेम्बर २०२५) शुक्रबारको दिन बेलायतमा बस्ने भूतपूर्व सैनिकले गृहमन्त्री ओम प्रकाश अर्याललाई ज्ञापनपत्र बुझायकाेछ ।

भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपालको प्रतिनिधि मण्डलले त्रिपक्षीय संधिअनुसार बेलायती सेनामा सेवा गरेका र सेवारत गोर्खाहरू र निजका सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तर हुनुपर्ने र आगामी राष्ट्रिय निर्वाचनमा गोर्खाहरूले आफ्नो नागरिकताको परिचयपत्र देखाई बेलायतबाटै मतदान दिने व्यवस्था मिलाई दिनुहुन CNCBG (Continuation of Nepali Citizenship for British Gurkhas} को माग अन्तरिम सरकारका गृहमन्त्री माननीय ओम प्रकाश अर्यालज्यूलाई ज्ञापनपत्र बुझायो ।

ज्ञापनपत्र समितिका सचिव तथा वरिष्ठ अधिवक्ता चेत आलेज्यूले पढेर सुनाएपछि अध्यक्ष थापाले हस्तान्तरण गरेका थिए । ज्ञापनपत्र बुझेपछि गृहमन्त्री अर्यालज्यूले बृटिश गोर्खाहरु त्रिपक्षीय संधि अन्तर्गत बेलायती सेनामा सेवा गरेका हुनाले नेपाल सरकार तपाईंहरूको नागरिकता निरन्तरताको सुनिश्चित गर्नुपर्नेमा सकारात्मक छ । तसर्थ: त्यसको लागि के कति गर्न सकिन्छ मेरोतर्फबाट मैले सक्दो सहयोग गर्नेछु । त्यस्तै विदेशमा बस्ने नेपालीले बिदेशबाटै मतदान गर्न पाउने गरी व्यवस्था गर्नको लागि सरकारले अध्यादेश ड्राफ्ट गरेर निर्वाचन आयोगमा पठाएको थियो, निर्वाचन आयोगले सहमतिका साथ फिर्ता पठाएको छ ।

अदालतको आदेश पनि मतदान दिने व्यवस्था गर्नु भन्ने छ । अब हामी त्यसलाई स्टेकहोल्डरहरुको सहमती लिएर अगाडि बढाउँछौं । यसमा गोर्खाहरूको विषय त पर्ने नै भयो । हाम्रो सरकार यस विषयप्रति गम्भीर रहेको र हामीहरू कसरी हुन्छ तपाईंहरूलाई समेटने प्रयत्नरत छौं भनेर जवाफ दिनुभएको थियो ।

प्रतिनिधि मण्डलको नेतृत्व समितिका अध्यक्ष हुम बहादुर थापाले गरेका थिए भने समितिका सचिव तथा वरिष्ठ अधिवक्ता चेत आले मगर, कोषाध्यक्ष खुन बहादुर राना ,सदस्य पुर्ण बहादुर राना, प्रतीमाया पुन, कौशल जंग घले , डिल बहादुर क्षेत्री र अम्बीका कुमारी खुलाल मगर सहभागी थिए ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *