संकल्पको ‘झुठै भएनी’ मा सागर र मनिषाको अन्स्क्रिन प्रेम  (भिडिओ)

Read Time:1 Minute, 26 Second

Samuel Kainee
काठमाडौं – नवगायक संकल्प श्रेष्ठको डेब्यु  गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ। गीतका शब्द, संगीत र स्वर गायक श्रेष्ठकै छन्। गीतको म्युजिक भिडियोको निर्देशन निकोलस गुरुङले गरेका हुन्।

भिडियोलाई जीवन्त बनाउन कलाकार सागर थापा धु्रव, मनिषा गुरुङ र रोहन नेपालीको अभिनय देख्न पाइन्छ।
भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन्। कथा, पटकथा र सह-निर्देशन सैलेश त्साजनले सम्हालेका छन्।

चंगा प्रोडक्सनको प्रस्तुति रहेको यो म्युजिक भिडियो गायक श्रेष्ठकै युट्युब च्यानल ‘संकल्प  श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो। भिडियोका निर्माता विवेक गुरुङ हुन्। निर्माण टोलीले भिडियो हेरेर आफ्ना सुझाव तथा प्रतिक्रिया दिन सबै दर्शक-श्रोतालाई आग्रह गरेको छ।

भिडियो लिंक: https://youtu.be/JIrVjKv-c1I?si=HBH2Wb4O2yObaxXL

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %