काजी तथा सेनापती   लखन  थापा मगर

डा.प्रेम सिंह बस्न्यात

१) गोर्खा राज्यको संस्थापक राजा द्रब्य शाह ले पनि अन्य राज्यहरुमा  जस्तै ४ काजी अर्थात मन्त्रीहरु राख्ने थिती बसाले। पररास्ट्र, भुमी , न्याय र सेना हेर्ने मन्त्री हुन्थे। द्रब्य शाह का पनाती राजा राम शाह बि स १६६२ देखी १६८९ तिर सम्म २७ बर्ष जती गोर्खाको राजा भय। पाटनका कालिगढ लगेर बर्तमान गोर्खा दरबार बनाय। उनका बिभिन्न  सुधार अनगिन्ती छन। यि राजा राम शाह झन्डै बडा महाराज पृथ्वी नारायण शाह जस्तै सुर- वीर – बहादुर थिय। यिनले गोर्खा राज्यको  भुगोल धेरै बढाय। राजा राम शाह आफु पनि लडाईंमा अगाडि लाग्थे। 

२) राजा द्रब्य शाह ( बि स १६१६ ) को पाला देखिका पुराना काजी गणेश पाण्डे ( यी ब्राम्हण पाण्डे  थिय। एकदम सुरा। यिनले अर्कै जात को श्रीमती बिबाहा गरे पछी जन्मेका सन्तान हुन मुल काजी कालु पाडे, दामोदर पांडे लगायत) बार्पाकको लडाईंमा  मारिय । त्यसै गरी पुराना काजिहरु प्युहर  राना मगर, भवानी पांडे लगायत मारिय। त्त्यस पछी   लखन थापा लाई राजा राम शाह ले सेनापती काजी बनाय।

३) काजी लखन थापाको नेत्रित्वमा गोर्खाले अठारसय खोला, सल्यानकोट, मैधी, चराङे, धादिङ, फिर्केप, रुद्रभोट लगायत को भुगोल बिजय भयो। त्यसै गरी उनकै नेत्रित्वमा तिब्बतको कुकुरघाट सम्म गोर्खाको भयो।

४) लम्जुङ सँग पनि पटक पटक लडाईं लढ्नु पर्‍यो काजी लखन  लाई। एक पटक  त राजा राम शाह लाई नै लमजुङे ले झुक्क्यायर झन्डै काटेका थिय। तनहुँ ले हमला गर्न आय पछी जवाफि  लडाईं लडाय, लखन ले। त्यही बेला मा हो तनहुँ का राजा तुला सेन भागेर रिसिङ पुगेका।

५) राजा राम शाह बि स १६८९ मा स्वर्गे भये पछी उनले काजी पद बाट मुक्त बनी गोर्खा मा मनकामना देवी को स्थापना गरे। जुन अहिले प्रख्याती  छिन्।  राजा राम शाह को रानी स्वर्गे  हुने बेलामा काजी लखन थापा लाई ” तिमी न रुनु, पिर नगर्नु, तिम्रो घर छेउमा म मनकामना देवी को शिला बनी जूनी फेर्नेछु , तिमीले मन्दिर बनाइ पूजा गर्नु ” भनेकोले सोही अनुसार लखन ले गरेको भन्नेछ। अहिले सम्म पनि काजी लखन  कै सन्तान मनकामना देबी को पूजारी छन।

६) बि स १६४० मा हाल गोर्खा मनकामना रहेको गाउमा जन्मेका लखन थापा ले बि स १६८९ सम्म गोर्खा दरबारको  सेवा गरे। उनको मृत्‍यु को जानकारी छैन। यी काजी लखन थापा नेपालको ईतिहास र गोर्खाको गौरव  हुन। यिनको ईतिहास मैले लेखी सकेको  छु। गोर्खाले लेख्नु पर्छ- पठ्यक्रम मा राख्नु पर्छ। अनी मनकामना मन्दिर परिसर् मा पूर्ण कदको सालीक स्थापना हुनु पर्छ। यो ईतिहास नमरोस।

७) तस्बिर: काल्पनिक हो।  बि स २०६३ पछी सहिद् बनाइयका  लखन थापा राजा सुरेन्द्र को पाला का बि स १९१५ – १६ तिरका हुनु पर्छ। काजी लखन होइनन। काजी लखन थापा भन्दा   सहिद बनाइयका लखन  थापा झन्डै २४० बर्ष पछाडिका हुन । यी फरक फरक हुन। सुझाब पनि पाउ भनि बि.के.राना लाइ इमेलमा पत्रचार गरेकाे जस्ताकाे तस्तै राज्यसत्तामा साभार गरिएकाेछ ।

डा. प्रेम सिंह बस्न्यात नेपाली सेनाका अवकास प्राप्त बृगेडियर जनरल हुन ।

साभारः बि.के.रानाकाे इमेल बाट