स्थानीय तह उपनिर्वाचन २०८१ का लागि दल दर्ता गरिएको सम्वन्धमा – प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

नेपालको संविधानको धारा २६९ र राजनीतक दल सम्वन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरु मध्ये संवत् २०८१ मंसिर १६ गते आर्इतवारका दिन सम्पन्न हुने स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि आयोगको निर्णय बमोजिम मिति २०८१।०६।१० देखि २०८१।०६।१६ गतेसम्म नेपालको संविधानको धारा 271 र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निवेदन दर्ता हुन आएका २६ राजनीतिक दल मध्ये आयोगको मिति २०८१/०६/२० को निर्णय अनुसार कानूनी रीत पूरा भएका तपसिल बमोजिमका 2५ (पच्चीस) राजनीतिक दलहरुलार्इ राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (4) बमोजिम दर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ।

                                         तपसिल

दर्ता गरिएका दलहरुको नामावली विवरण (निवेदन दर्ताको क्रमको आधारमा)

क्र.सं.आयोगमा दल दर्ता नं.राजनीतिक दलको नाम
11नेपाल मजदुर किसान पार्टी
2121मंगोल नेशनल अर्गनाइजेशन
338नेपाली कांग्रेस
4159जनता समाजवादी पार्टी, नेपाल
5182नेपाल समाजवादी पार्टी
637नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
734संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च
816राष्ट्रिय प्रजातन्त्र पार्टी
9178आम जनता पार्टी
10166नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
11198जनता समाजवादी पार्टी
12168बहुजन एकता पार्टी नेपाल
1332नेपाल कम्यूनिष्ट पार्टी  (एकीकृत मार्क्सवादी लेनिनवादी)
14187राष्ट्रिय स्वतन्त्र पार्टी
15191समावेशी समाजवादी पार्टी नेपाल
16188हाम्रो नेपाली पार्टी
172नेपाल कम्यूनिष्ट पार्टी  (मार्क्सवादी लेनिनवादी)
18149राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
19181नागरिक उन्मुक्ति पार्टी
20196नेशनल रिपब्लिक नेपाल
21173राष्ट्रिय जनता पार्टी नेपाल
22134नेपाली कांग्रेस (वी.पी.)
23197राष्ट्रिय मातृभूमि पार्टी
24150जनमत पार्टी
2563नेपाली जनता दल
Text Box: ................................
(नारायण प्रसाद सापकोटा)
सहसचिव एवम् प्रवक्ता
मितिः २०८१/०६/२०