गोरखा दरबार संग्रहालयमा प्रथम शहीद लखन थापाको पनि एउटा फोटो राख्दा कसो होला ?

Read Time:1 Minute, 38 Second
बि.के.राना

गोरखा दरबार संग्रहालयमा शहीद लखन थापाको पनि एउटा फोटो राख्दा कसो होला ? त्यसो त त्यहाँ तत्कालिन गोर्खा राज्यका दुई जना भारदारहरुको  फोटाहरु पनि राखिएका रहेछन,  बहुत बढिया गरिएछ भन्ने लागेको छ।  

तत्कालिन गोरखा राज्यमा द्रव्य शाहलाई ल्याएर राजा बनाउनकानिम्ति अग्रणी भूमिका खेल्ने ‘छ थरघर’का अन्य व्यक्तित्वहरुको फोटो पनि राखिंदा राम्रै हुनेथियो ।यसमा गोरखा बजार, छहरेका  गंगाराम भुषाल रानाको कुरा पनि गर्न चाहेको हो ।  “चौबिस कोठी निवास “का साहु महाजन (गोरखा बजारका कृष्ण साहुको पुर्खा ) हरुले राजा रामशाहलाई ऋण दिएको भन्ने कुरा पनि छ । यस्ता कुराहरुलाई पनि समेट्दा राम्रै हुनेथियो । सिद्ध लखन थापा  (मनकामनाका पूजारीहरुको पूर्खा)ले गोरखा राज्यको  प्रशासन चलाएका भन्ने कुरा पनि छ नि त ।

एउटा सानो सल्लाह ( a piece of advice) जस्तो कुरा । सम्बन्धित संघसंस्थाहरुले यस कुरालाई मनन् गर्दा राम्रो होला 

 ( भिडियो हेर्न यसमा क्लिक गर्नुहोस ।) रेडियो मनासलु गोरखा- Radio Manasalu 103.9 Mhz, Gorkha 

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %