प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको आमसञ्चारको परिचय विमोचन

Read Time:13 Minute, 7 Second

उपेन्द्र खडका

काठमाडौंः आमसञ्चारको परिचय पुस्तक विमोचन भएको छ।
शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री पुस्पकमल दाहालले सो पुस्तकको विमोचन गरेका हुन्। कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायत थिए।

शन्तराम बिडारी र उपेन्द्र खड्काले लेखेको ‘आमसञ्चारको परिचय’ नामक सो पुस्तक भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो। यो पुस्तक त्रिभूवन विश्वविद्यालयको स्नातक तह (बीए) तेस्रो वर्षको ऐच्छिक (इलेक्टिभ, जेएमसी–४१०) पत्रकारिता अन्तरर्गतको पाठ्यक्रममा आधारित रहेको लेखक द्धयले बताएका छन्।
पूर्णाङ्क १०० को यो विषय सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत अङ्कभार भएको विषय हो । यो पुस्तक पत्रकारिताको आधारभूत ज्ञानका लागि उपयोगी भएको लेखकद्धयले बताएका छन्। यो पुस्तकमा पत्रकारिता र आमसञ्चारका साधारण, प्रारम्भिक र आधारभूतका साथै सञ्चारका विशेष मुद्दाहरू र पत्रकार आचारसंहिता र प्रेस काउन्सिलको भूमिका लगायतका बारे चर्चा गरिएको छ ।

पत्रकारितामा सक्रिय लेखक बिडारी त्रिवि अन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा सक्रिय छन्। पत्रकारितामा सक्रिय बिडारी त्रिवि केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागबाट एमफिल–पीएचडी गरिरहेका छन्। उनी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत हुन्।
त्यसैगरी उकेरा डटकममा कार्यरत लेखक खड्का विशेषगरी स्वास्थ्य क्षेत्रलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्छन् भने अर्किड इन्टरनेश्नल कलेजमा प्राध्यापनरत छन्। खड्काले काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टस् अन्तर्गत भाषा तथा आम सञ्चार विभागमा सञ्चारसम्बन्धी विषयमा विद्यावारिधी (पीएचडी) गरिरहेका छन्। उनी नेपाल पत्रकार महासंघका सदस्य छन्।

प्राक्कथन
‘आमसञ्चारको परिचय’(Introduction to Mass Communication)नामको प्रस्तुत पुस्तकमानविकीतथा सामाजिकशास्त्र संकाय, ४ वर्षे बिएतहअन्तर्गत तेस्रो वर्षको इलेक्टिभ जर्नालिजम, (JMC 410 -Introduction to Mass Communication)पाठ्यक्रममाआधारित पुस्तकहो । पूर्णाङ्क १०० को यो विषय सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत अङ्कभार भएको विषयहो । यसलाई पत्रकारिताको आधारभूत ज्ञानका लागिअत्यन्तै उपयोगी ठानिएको छ ।
पत्रकारिता तथा आमसञ्चार विभाग अन्तर्गतकै ऐच्छिक पत्रकारिता विषय लिएका बाहेकका जुनसुकै विद्यार्थीहरूले पढ्न पाउने यो विषयमा पत्रकारिता र आमसञ्चारका साधारण, प्रारम्भिक र आधारभूतका साथै सञ्चारका विशेष मुद्दाहरू र पत्रकार आचारसंहिता र प्रेस काउन्सिलको भूमिकाबारे चर्चा गरिएको छ ।
विश्वविद्यालयमायहीविषय समेत अध्यापनरत हुनुकानाताले विद्यार्थीहरूले सबै पाठ्यक्रमकाभागहरू एकमुष्ट समेटिएको पुस्तकको अभाव महसुस गर्दै पुस्तकतयार गर्न पटक–पटक गरेको आग्रह पछि यो पुस्तकतयार भएको हो । पहिलो प्रयास भएकाले यसमा केही त्रुटिहरू अवश्य हुनसक्छन् । त्यसलाई अर्को संस्करणमा सुधार गर्ने प्रतिबद्धता जनाउँछौं ।
चार वर्षे स्नातकतहअन्तर्गतको नयाँ पाठ्यक्रमलागू भएको पनियहीविषयवस्तु र पाठ्यक्रममाआधारित पुस्तकबजारमाअहिलेसम्म देखिएको छैन । त्यसैले उक्तअभाव परिपूर्तिकालागि समेत यस पुस्तकले महŒवपूर्ण भूमिकानिर्वाह गर्न सक्छ ।
यसमा सैद्धान्तिक पक्षका सबै विषय पाठ्यक्रमअनुसार समेटिएको छ भने विद्यार्थीहरूलाई जटिल भाषागत समस्याले विषयवस्तु सिकाईमाअसजिलो नहोस् भन्ने अभिप्रायले समेत सरल, सहज र छोटो रूपमाबुझ्न सजिलो हुने गरी पाठ्यवस्तुलाई समायोजन गरी तयार पारिएको छ ।
पुस्तक लेखन कार्य आफैंमा कठिन र चुनौतीपूर्ण कार्य हो । त्यसमाअभिव्यक्त गरेकाविषयमा धेरै भन्दा धेरैले सञ्चार प्राप्तगर्न र ग्रहण गर्न सक्छन् की सक्दैनन् भन्ने महŒवपूर्ण कुरा हो । अभिव्यक्त गरेकाविषयविनाअवरोध सरल रेखाबाट बुझाउन सक्नु नै त्यसको सफलता मानिन्छ । त्यसैले विद्यार्थीहरूको मनोभावनालाई बुझेर यसमा सम्पूर्ण विषयवस्तुलाई सरल, सहज र सरस भाषाशैलीको प्रयोग गर्ने प्रयास गरिएको छ ।
पुस्तक लेखनकाक्रममाकतिपयविषयवस्तुहरू सम्बन्धित क्षेत्रका विज्ञहरूका विभिन्न लेख, पुस्तक र कुराकानीबाट पनि सान्दर्भिक कुरालाई ग्रह्ण गरिएको छ । यस अघिका प्रश्नपत्र, प्रयोगात्मककार्यकानमुना चिट्ठीपत्र र नमुना जर्नल पनि राखिएको छ ।
त्यसैले यो पुस्तकले तत् विषयअध्ययनरत विद्यार्थीहरूकालागि भरपर्दो साथी–सहयोगीका रूपमाभूमिकानिर्वाह गर्नेछ भन्ने आशागरिएको छ । अन्त्यमा यस पुस्तक लेखनकालागिअहोरात्रहौसलादिएर घचघच्याइरहनुहुने सबैमाहार्दिक आभार व्यक्तगर्दछु । पुस्तक लेखनमाउपयुक्तवातावरण बनाइदिएर सहयोग पु¥याउनुहुने जीवनसाथी संगीताअधिकारी बिडारीप्रतिहार्दिक आभार प्रकट गर्दछु । पुस्तक सहलेखनमा मद्दत गर्नुहुने प्रियभाइ, पत्रकार उपेन्द्र खड्काप्रतिपनिधन्यवाद ज्ञापन गर्दछु । प्रकाशनएवं वितरणको गहनजिम्मेवारी वहनगर्नुहुने र कम्प्युटर लेआउट सेटिङ तथाभाषा सम्पादनमा सहयोग पु¥याउनुहुने भुँडीपुर ाण प्रकाशनकाप्रमुख केशब पराजुलीलगायतअन्य सबै महानुभावहरूमाहार्दिक धन्यवाद ज्ञापन  गर्दछु ।
— लेखक

पुस्तककाबारेमा
त्रिभुवनविश्वविद्यालयले पछिल्लो समय बढ्दै गएको पत्रकारितातथाआमसञ्चार शिक्षाको महŒवलाई हृदयङगम गरी ४ वर्षे स्नातकतहको तेस्रो वर्षमा इलेक्टिभ जर्नालिजम,(JMC 410 -Introduction to Mass Communication)अर्थात ‘आमसञ्चारको परिचय’विषय राखेको छ । अनिवार्यपत्रकारिताविषयलिएर पढ्ने बाहेकका सबै विषयकाविद्यार्थीहरूले यो विषय पढ्न पाउनेछन्् । पत्रकारिताशिक्षाको आधारभूत र प्रारम्भिक ज्ञानको सैद्धान्तिक र व्यवहारिक दुवै पक्षलाई दृष्टिगत गरी निर्माण गरेको यस पाठ्यक्रममाआधारित भई कुनै पुस्तकअहिलेसम्मबजारमानआएको सन्दर्भमा प्रस्तुत पुस्तकप्रकाशनहुनु अत्यन्तै खुसीको कुरा हो ।
पत्रकारितातथाआमसञ्चार केन्द्रीयविभागकाउत्पादनका रूपमापत्रकारिता क्षेत्र र पत्रकारिताविषयको प्राध्यापनमा समेत क्रियाशीलयुवापत्रकारद्वयशन्तराम बिडारी र उपेन्द्र खड्काले यस पुस्तक लेखेकोमाज्यादै खुसीलागेको छ । बजारमापत्रकारिताशिक्षाको विश्वविद्यालयतहको पाठ्यक्रमलाई भरपुर समेट्ने गरी स्तरीय पुस्तकहरूको अभाव भैरहेको सन्दर्भमा यो जमर्को गरिनुले यस खालको अभावलाई परिपूर्ति गर्नेछ भन्ने मलाई लागेको छ । यो पुस्तकपत्रकारिता क्षेत्रमा सामिप्यता, आत्मियता, तादम्यता राखीयसबारेमाजानकारी लिनखोज्ने जो कोहीकालागि समेत उपयोगीग्रन्थबनेको छ ।
लोकतान्त्रिकरणको द्वार नै पत्रकारिता क्षेत्र हो भन्ने कुरामादुईमत छैन । राज्यको चौंथो अंगको मान्यतापाएको सञ्चार क्षेत्र बलियो हुन सके मात्रअभिव्यक्ति स्वतन्त्रताको आवाजबलियो हुन्छ । अभिव्यक्ति स्वतन्त्रताबलियो भएमात्रलोकतन्त्र फस्टाउनुका साथै दिगो र लोकल्याणकारी बन्न सक्छ ।
मूलतआमसञ्चारको व्यापकदायरा भित्रको एउटा आयामका रूपमापत्रकारितालाई लिने गरिन्छ । यसले सार्वजनिकजनचाहना, जनचासो र प्रत्यक्ष घटनाहरूसंग जोडिएर आवाजविहिनको आवाजबन्न सक्नुपर्छ र, यो क्षेत्र तथ्यगत, वस्ुतनिष्ठ, सत्य, निष्पक्ष, उत्तरदायित्वपूर्ण र जनमुखी हुनुपर्छ ।
प्रस्तुत पुस्तकमापत्रकारिता र आसञ्चारका साधारण र प्रारम्भिकजानकारीका साथै सञ्चारकाविशेष मुद्दाहरू सहितपत्रकार आचारसंहिता र प्रेस काउन्सिलको भूमिकाबारे चर्चा गरिएको छ । तसर्थ पत्रकारिताशिक्षाबारे ज्ञान राख्नखोज्ने अन्य जिज्ञासुलाई समेत यस पुस्तकउपयोगीहुने मैले ठानेको छु ।
हाम्रो शिक्षा प्रणालीमा वैज्ञानिक, अनुसन्धानमूलक साथै रोजगारमूलक बनाउनुपर्छ भन्ने सवाल नेपालमा वर्षौदेखि उठ्दै आएको भएपनित्यसलाई अझै व्यावहारिक रूप दिनआवश्यक छ । तर तुलनात्मक रूपमापत्रकारिताशिक्षाभने रोजगारमूलक देखिएको छ । पत्रकारिता र आमसञ्चारको वृहत्तर आयामभित्र छापा, रेडियो, टेलिभिजन र अनलाइनपत्रकारितामात्रहोइन, विज्ञापन बजार, चलचित्र क्षेत्र, सञ्चार अनुसन्धानकादायराहरू समेत समेटिएका छन् । खासगरी हाम्रा पाठ्यक्रममा सैद्धान्तिक साथै प्रयोगात्मकपक्षलाई पनिजोड दिइएको पाइन्छ । तर पनिपत्रकारिताकाशिक्षकहरूले अध्यापनकाक्रममाबदलिँदो परिवेश र सूचनाप्रविधिको भरपुर प्रयोग गर्दै समाचार कक्ष र अध्ययनकक्षलाई नजिकतुल्याउन यो पुस्तकउपयोगीहुनेछ ।
लेखकद्वयको पत्रकारिता क्षेत्रमालामो समय काम गरेका पृष्ठभूमि भएकाले यस क्षेत्रको व्यावहारिक अनुभवकाकारण समेत प्रस्तुत पुस्तकअन्यभन्दाविशेष बनेको मैले महसुस गरेको छु । अन्त्यमा लेखकद्वयको आगामी लेखन यात्राथप परिपक्व र परिस्कृत हुँदै जानेमाआशागर्दै उहाँहरूको प्राज्ञिक उन्नयनको समेत कामनागर्दछु ।
– प्रा. प्रवलराजपोख्रेल
पत्रकारितातथाआमसञ्चार केन्द्रीयविभाग,
त्रिभुवनविश्वविद्यालय

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *