“वातावरण सफा राखौं र स्वच्छ बनौं” भन्ने पवित्र सन्देश बोकेर पुष्कर विश्वकर्माले गरे एकल म्याराथन

Read Time:2 Minute, 28 Second

काठमाणडौ , बैसाख ५

बर्दिया निवासी बर्ष ६५ का श्री पुष्कर विश्वकर्माले २०८१ बैशाख ५ गते रामनवमीको दिन
“वातावरण सफा राखौं र स्वच्छ बनौं” भन्ने पवित्र सन्देश बोकेर पूरै रिबरोड ३ घण्टा ३८
मिनेट १३ सेकेण्डमा एकल म्याराथन पूरा गर्नुभयो ।

कलंकिबाट विहान ७ बजे शुरु भएकोउक्त एकल म्याराथन बल्खु, एकान्तकुना, सातादोबाटो, ग्वार्को, कोटेश्वर, सिनामंगल,
चाबहिल, महाराजगन्ज, बालाजु, स्वयम्भू हुँदै कलंकिमा समापन भएको थियो । लायन्स
क्लब अफ काठमाडौं बबरमहलले आयोजना गरेको यो ऐतिहासिक कार्यक्रममा लायन्स
क्लब डिस्ट्रिक ३२५ज् का डिस्ट्रिक गभर्नर लायन शम्भु बहादुर थापाले उक्त म्याराथन शुरु
गराउनुभएको थियो ।

उक्त कार्यक्रममा लायन्स क्लबका अन्य लिडरहरुको पनि उल्लेख्य
सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल प्रहरी कलंकि वृतका प्रहरी नायव निरीक्षक श्री
यम बहादुर थापाको नेतृत्वमा कुशल संयोजन गरिदिनुभएको थियो । म्याराथन शुरु हुनुभन्दा
अगाडि आयोजक क्लबका अध्यक्ष लायन तारा प्रसाद मैनालीले यो कार्यक्रम आयोजना
गरिनुको उद्देश्यको बारेमा स्पष्ट पानुभयो ।

धावक श्री पुष्कर विश्वकर्माले नियमति व्यायाम गर्ने, खानपानमा ध्यान दिने र वातावरण सफा राख्न सकियो भने स्वस्थ रहन सकिन्छ भन्ने सन्देश समेत बाँड्नुभएको थियो ।

म्याराथन सम्पन्न पश्चात गभर्नर लायन शम्भु बहादुर थापाले धावकलाई यो साहसीपूर्ण कदमको प्रशंसा गर्दै माला लगाइ बधाइ तथा शुभकामनादिनुभयो । आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने कुरा
आयोजक क्लबका अध्यक्ष लायन तारा प्रसाद मैनालीले जानकारी गराउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *