गोरखा सिमलगैरीमा बुद्दिबल रानामगरको अर्धकदको शालिक

Read Time:1 Minute, 37 Second

बि.के.राना
गोरखाली भारदार काजि बिराज थापामगरका बारेमा फेब्रुअरी २६, २०१४ का दिन मैले Wikipedia मा Post गरेको यो सानो टिपोट  आज ११  बर्ष लागिसकेको अवस्था छ (तल हेर्नुहोस ) । यस पोष्टलाई सुधार्नु पर्ने भन्ने सूचना पनि यथावत् कायम छदैंछ ।  सम्बत् १९१२ मा नेपाल र भोटको  लडाईमा गोरखाका कप्तान बुद्दिबल राना मगरले अत्यन्त उच्च, गौरवशाली वीरगति प्राप्त गरे । त्यसबारेमा मैले पनि थोर बहुत कलम चलाएकै हो । 

भोटको लडाई थामिएपछि भनौ, आश्विन सुदी १४ सम्बत्  १९१२ मा नेपाल (गोर्खा सरकार) र भोट सरकार बीच सन्धी-सुलह भएको बुझिन्छ । त्यसबेलाको राणा शाशनकालमा कप्तान बुद्दिबल राना मगरका बारेमा सो दस्तावेजमा कुनै कुरा नहुनु स्वाभाविकै लाग्दछ । तर लालबहादुर आउँमासीद्वारा लेखिएको भनिएको सन् १९४२ मा सर्वहितैषी  कम्पनी  बनारसद्वारा प्रकाशित ‘भोटको लडाईको सवाई‘ नामको सानो पुस्तिकामा बुद्दिबल राना मगरको पौर चर्चा गरिएकाे छ ।

अहिले गोरखा सिमलगैरीमा  बुद्दिबल रानामगरको अर्धकदको शालिक स्थापना गरिएकोछ । त्यहाँ त्यो अत्यन्त प्रशंसनीय काम भएको छ ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %