गोरखा सिमलगैरीमा बुद्दिबल रानामगरको अर्धकदको शालिक

बि.के.राना
गोरखाली भारदार काजि बिराज थापामगरका बारेमा फेब्रुअरी २६, २०१४ का दिन मैले Wikipedia मा Post गरेको यो सानो टिपोट  आज ११  बर्ष लागिसकेको अवस्था छ (तल हेर्नुहोस ) । यस पोष्टलाई सुधार्नु पर्ने भन्ने सूचना पनि यथावत् कायम छदैंछ ।  सम्बत् १९१२ मा नेपाल र भोटको  लडाईमा गोरखाका कप्तान बुद्दिबल राना मगरले अत्यन्त उच्च, गौरवशाली वीरगति प्राप्त गरे । त्यसबारेमा मैले पनि थोर बहुत कलम चलाएकै हो । 

भोटको लडाई थामिएपछि भनौ, आश्विन सुदी १४ सम्बत्  १९१२ मा नेपाल (गोर्खा सरकार) र भोट सरकार बीच सन्धी-सुलह भएको बुझिन्छ । त्यसबेलाको राणा शाशनकालमा कप्तान बुद्दिबल राना मगरका बारेमा सो दस्तावेजमा कुनै कुरा नहुनु स्वाभाविकै लाग्दछ । तर लालबहादुर आउँमासीद्वारा लेखिएको भनिएको सन् १९४२ मा सर्वहितैषी  कम्पनी  बनारसद्वारा प्रकाशित ‘भोटको लडाईको सवाई‘ नामको सानो पुस्तिकामा बुद्दिबल राना मगरको पौर चर्चा गरिएकाे छ ।

अहिले गोरखा सिमलगैरीमा  बुद्दिबल रानामगरको अर्धकदको शालिक स्थापना गरिएकोछ । त्यहाँ त्यो अत्यन्त प्रशंसनीय काम भएको छ ।