काे एकल पहिचानवादी? काे सहअस्तित्ववादी?

चैत २५,२०८०/पूर्ण बहादुर राना

खस भाषा मात्रै
बाेल्नु पर्छ
खस भाषामा
पढ्नु पर्छ
खस भाषामा
लेख्नु पर्छ
खस भाषामा
गाउनुपर्छ भन्नेहरू
एकल भाषावादी कि, के?

दाैरा सुरूवाल मात्रै
लाउनुपर्छ
नेपाल
हिन्दुकाे मात्रै हुनुपर्छ
एकल सँस्कारसँस्कृति
मान्नुपर्छ भन्नेहरू
एकल धार्मवादी कि?
एकल साँस्कृतिवादी कि?
एकल पहिचानवादी?

सबैले मातृ भाषा
राई तामाङ
लिम्बू गुरूङ
थारू नेवार
शेर्पा मगर
अबधि भाेजपुरि
बाेल्नुपर्छ
सबै मातृ भाषाहरू
समान हुन्
मातृ भाषामा
लेख्न पढ्न
गाउन साेंच्न पाउनुपर्छ
भन्नेहरू बहुलभाषवादि कि, के?

सबै जातिकाे ड्रेस
भाङ्ग्रा र कछाड
दाैरा र सुरूवाल
बख्खु र धाेति
लाउनुपर्छ
जाेगाउनुपर्छ
नेपाल देश
बाैद्ध र हिन्दु
किरात र मुस्लिम
जैन र कृश्चियन
सबैकाे हाे
भन्नेहरू समतावादि कि के?

सबै चाडहरू
ईद, चण्डी र तिज
दशैं, तिहार र छठ
ल्हाेसार माघि र उधाैंलि
समान हुन्
राष्ट्रिय विदा दिनुपर्छ
भन्नेहरू
एकल पहिचानवादि कि?
बहुपहिचानवादि?

एकल भाषा
धर्म र सँस्कार
हुनुपर्छ भन्नेहरू
बहुल अस्तित्ववादी कि?
एकल अस्तित्ववादी?

सबै जाति
दाजुभाइ हाे
मिलेर बस्नुपर्छ
मिलेर सत्ता चलाउनुपर्छ
मिलेर देश बनाउनुपर्छ
एकआपसमा
सुख दु:ख साट्नुपर्छ
सबैकाे चाड मान्नुपर्छ
बहुजन हिताय
बहुजन सुखाय भन्नेहरू
समानताप्रमि कि
मै खाउँ मै लाउँ
आफू भलाे जगत भलाे
भन्नेहरू
समानताप्रेमि?

बहुजाति भएको देशमा
बहुल भाषा
धर्म र सँस्कार
हुनपर्छ भन्नेहरू
एकल पहिचानवादी कि?
बहुल पहिचानवादी?
एकल अस्तित्ववादी कि?
सहअस्तित्ववादी?