यस्तै विकृत भए राेक्नुपर्छ हाेली

चैत १४,२०८०

पूर्ण बहादुर राना “मेल्क्हाट माम्हिन्चाे”

खेल्नुपर्छ हाेलि
सबै मिलिजुली
तर आजभोलि
खेल्छन् हाेलि झेलि
यस्तै भए हाेलि
बग्छ रगतकाे खाेलि
ग्याङ फाईट गर्छाै
बनाई टाेलि टाेलि
अनि खेल्छाै हाेलि
एकआपसमा ठेलि
गिद्धे दृष्टि राख्नेले
देख्नै हुन्न चेली
यसरी खेले हाेलि
झगडा बढ्छ भाेलि
अनि हुन्छ हाेलि
हानाहान गाेलि
ज्यानकै जाेखिम भए
किन खेल्ने हाेलि
नखेलाैं हाेलि
ज्यानकै जाेखिम माेलि
यस्तै विकृत भए
राेक्नुपर्छ हाेलि ।

3 0
Happy
Happy
50 %
Sad
Sad
25 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
25 %
Surprise
Surprise
0 %