मगर बौद्ध संस्कारको प्रारम्भ, वर्तमान अबस्था, चुनौति र संभावना

Read Time:26 Minute, 21 Second

११ चैत २०८०
पूर्ण बहादुर राना
धर्मस्थली, काठमाडौं

प्रस्तुत “मगर बौद्ध संस्कारको प्रारम्भ, वर्तमान अबस्था, चुनौति र संभावना” सम्बन्धि कार्यपत्र बाैद्ध विद्धान टि.बि. पुनमगरद्वारा २०८० चैत १०/११ गते धर्मस्थलि काठमाडौंमा सम्पन्न मगर बाैद्ध समाजकाे १२अाैं राष्ट्रिय सम्मेलन तथा बाैद्ध बुद्धिजीवी अन्तरक्रिया कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । पुनमगर बुद्धिजममा विद्यावारिधि गर्दै हुनुहुन्छ ।

१. पृष्ठभूमि
२. मगर जातिको परिचय ।
३. मगर समाजमा बौद्ध संस्कारको प्रारम्भ ।
(क) मगर समुदायमा बुद्ध धर्म जागरणको पृष्ठभूमि र विश्लेषण ।
४. मगर बौद्ध संस्कारको वर्तमान अबस्था ।
५. मगर बौद्ध संस्कारमा रहेका चुनौति।
६. मगर संस्कारमा रहेका संभावना ।
७. निष्कर्ष ।
७. सन्दर्भसामग्री ।
१. पृष्ठभूमि

प्रस्तुत कार्यपत्र मगर समुदायको चिनारी, संस्कारको परिचय, संस्कारको प्रारम्भ, मगर समुदायमा संस्कारको वर्तमान अबस्था, यसका चुनौति र भावि संभावनाका वारेमा परिचय, व्याख्या, विश्लेषण गरिएको छ । मगर समुदायमा बौद्ध संस्कारको वर्तमानमा अभ्यास, अवस्थाका वारेमा अवगत गराउनु कार्यपत्रको उद्देश्य रहेको छ । संस्कार-पद्धति अभ्यासमा रहेका भ्रम, दुविधा, अन्योलताहरु निक्र्योल गरि तिनका समस्या समाधान गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ भन्ने आशा राखिएको छ । यस कार्यपत्रमा प्राथमिक स्रोत (मगर समुदायको अध्ययन) साथै द्धितीय स्रोत (लिखित,अलिखित साहित्य) लाई आधार लिइएको छ ।

२. मगर जातिको परिचय
नेपालमा १४२ जातजाति, १० धार्मिक सम्प्रदाय, १२५ भाषाभाषी, विभिन्न सांस्कृतिक समूहका मानिसहरु बसोवास गर्दछन् । मगरहरु आदिमकालदेखि नेपालमा बसोबास गर्दै आइरहेका आदिबासी, मूलनिवासी हुन् । यो समुदायको आफ्नै लिखित-अलिखित इतिहास, भाषा, धर्म, संस्कार-संस्कृति मौलिक पहिचान-परिचय रहेको छ । बि.सं.२०७८सालको जनगणना अनुसार मगर जनसंख्या २०,१३,४८९ (६.९%) छ । पुनहरु ९,८२७ जोड्दा मगरहरुको कूलजनसंख्या २०,२३,३१६ हुन्छ ।
(क) मगर जातिको चिनारी
मगरलाई आदिम निवासी, आदिम जाति, प्राचीन मूलनिवासी, मूलवासी, आदिवासी, जनजाति जस्ता विभिन्न शब्दार्थ (नाम-रुप) ले चिनाउँने गरिन्छ । ‘मंग्वर’, ‘मुग्गर’, ‘महर’, ‘मंगल’, ‘मंगोल’, ‘मगध’, ‘मङङर’ शब्दहरु अपभ्रंश भइ मगर भएको हो । लिच्छवी, बृजि, नाग, कोलीय, शाक्य, यक्ष, गन्धर्व, किन्नर मगरका पूर्वज हुन् । मगरका प्रमुख थरहरूमा-थापा, पुन, बुढा (बुढाथोकी), राना, श्रीस, घर्ती, आले भित्र एकहजार बढि थरहरू छन् । मगर भाषा- मगरढूट, मगरखाम र मगर काइके छन् । मगर लिपि अक्खारिका हो । यो लुम्बिनीको अशोक स्तम्भमा कुदिएको ब्राह्मी (अशोक लिपि) हो ।
(ख) मगरको बसोबास र भूगोल:
मगरका आफ्नै ऐतिहासिक भूगोल सामुदायिक बसोबास क्षेत्रहरु छन् । मगर जातिकोे मूल बसोबास क्षेत्र नेपालको मध्य तथा पश्चिमी पहाडी भूभाग लुम्बिनी, धौलागिरी, गण्डकी, राप्ती-भेरी-कर्णाली गण्डक प्रश्रवण क्षेत्र मगराँत हो । नेपालको मध्य पश्चिमका जिल्लाहरु-तनहूँ, स्याङजा, बागलुङ, म्याग्दी, पर्वत, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम, सल्यान, दाङ, सुर्खेत, डोल्पा, धादिङ, गोरखा, जाजरकोट, दैलेखमा मगर जातिको सघन बसोबास छ । (२०१९ सालको राजनीतिक बिभाजन) बिदेश भारतको दार्जलिङ, सिक्किम, देहरादुन, अलमोडा, काँगडा, नागालैण्ड, भाक्सु, आसाम, अरुणाचल, मणिपुर, त्रिपुरा, मेघालय हिमाञ्चल प्रदेश देखि भुटान, बर्मा र हिजोआज हङकङ, यूके, अमेरिका मगरको बसोबास छ ।
३. मगर बौद्ध संस्कारको प्रारम्भ
धर्म के हो ?धर्म प्रकृतिको स्वभाव हो । दर्शन अनुसार-मन, वचन र शरीर कर्मद्वारा गरिने कुशल लोककल्याणकारी कार्य धर्म हो। यो मानिसको जीवन दर्शनका सम्बन्धमा लिखित, व्यबस्थित रुपमा लिपिवद्ध गरिएको शिक्षामूलक ग्रन्थ हो । धर्ममा मानिसको कर्तव्य निर्धारण गरिएको हुन्छ । धर्मले व्यक्ति, परिवार, समाज समुदाय र राष्ट्रप्रतिको कर्तव्य बोध गराउँदछ । नेपालमा १० धर्महरु; हिन्दु, बौद्ध, क्रिश्चियन, ईस्लाम, किराँत, प्रकृतिपुजक, बोन, जैन, शिख, बहाइ छन् । बुद्ध शिक्षा अनुसार धर्मको अर्थ कुनै पनि पाप कार्य नगर्नु, कुसल कार्य गर्नु, आफ्नो चित्त शुद्ध राख्नु धर्म हो । धर्ममा शिल, समाधि र प्रज्ञा अनिवार्य रहन्छ ।
संस्कार के हो ? कुनै निश्चित विधि, पद्धति र धार्मिक मान्यता अनुसार गरिने कृत्य संस्कार हो । संस्कार कुनैपनि चिजमा रहेको अवगुण वा दोष हटाई त्यसलाई परिष्कृत, परिमार्जन गर्ने, अशुद्धता हटाइ त्यसमा शुद्धता र पवित्र पार्ने काम संस्कार हो । समाजको भलाई उन्नति प्रगति हेतु विधि-विधान पद्धति अनुसार लेखिएको पुस्तक ग्रन्थ संस्कार हो । संस्कार अनित्यतामा आधारित मानव जीवन जिउने कला, शैली हो । त्रि-शरण अनुसार- बुद्धको शिक्षा, दर्शन बौद्ध पद्धतिमा आधारित रहेर मगर समाजद्धारा गरिने संस्कार नै मगर बौद्ध संस्कार हो ।समाजमा तीन प्रकारका संस्कार बोकेका मानिसहरु छन् –
१. पत्थर वा ढलोटमा लेखिएको अक्षर जस्तो स्थायी नमेटिने संस्कार बोकेका ।
२. बालुवामा लेखिएको अक्षर जस्तो मेटिने अस्थायी संस्कार बोकेका ।
३. पानीमा अक्षर कोर्दा तुरुन्तै विलिन हुने अक्षर नदेखिने संस्कार बोकेका संस्कार रहित ।
बुद्ध शिक्षा अनुसार संस्कार अनित्य परिवर्तनशिल हुन्छ । संस्कार बदलिरहन्छ, उत्पत्ति र बिनास भैरहन्छ । स्थिर र नित्य रहँदैन् । (अविज्या हेतु संखारा) अविज्या (अज्ञान, अल्पज्ञान र अज्ञान) का कारण संस्कारले जन्म लिन्छ । सम्यक् संस्कारलाईशिल, समाधि र प्रज्ञाले सिद्ध गर्दछ । संस्कारले जन्म लिन्छ, परिवर्तन हुन्छ र मर्दछ भन्ने उदाहरण-कुनै समय नेपालमा सतिप्रथा थिएन, सतिप्रथा जन्मियो, जसको अन्त भयो । आज सतिप्रथा छैन् । बलि संस्कार पनि एकदिन अन्त भएर जानेछ ।
(ग) मगर समाजमा धर्म संस्कारमा आएकोजागरण
राणाशासन कालदेखि पंचायतकाल हिन्दू ब्राह्मणवादी शिक्षाले बुद्ध धर्म र बौद्धहरु दबाइए । २०४६ पछि प्रजातन्त्रको ढोका उघारिए । राजनितिक, सामाजिक, जातीय संघ संस्थाहरु खोलिए । बुद्ध धर्म बन्देज रहेको कुरा २०४८ मा ९८ प्रतिशत हिन्दू मगर रहेकोमितथ्यांकले देखाउँदछ । मगर समाजमा धर्ममा आएको नवजागरण— पुस्तक साहित्य प्रकाशन, प्राचीन मगर र अक्खा लिपि (२०४९) एम.एस. थापामगर, मगर संघका अध्यक्ष गोरेबादुर खपाङगी, मगर संघ(२०३९), मगर बौद्ध सेवा समाज (२०५३), धर्मरत्न शाक्य त्रिशुलीको बौद्ध संस्कार परिचय पुस्तक (२०५३), अन्र्तराष्ट्रिय मगर सम्मेलन (२०५५), मगरको धर्म बौद्ध घोषणा (२०५७), अन्र्तराष्ट्रिय मगर बौद्ध समेलन(२०७३), मगरको धर्म हिन्दू, बौद्ध, प्रकृतिपुजकमा अन्तरसंवाद जारि ।
(घ) मगर समुदायमा थेरवाद बुद्ध धर्म जागरणको विश्लेषण ।

४. मगर संस्कारकोवर्तमान अबस्था
मगर समुदायका अनिवार्य संस्कारमा-जन्म, विवाह र मृत्यु हुन् । अन्य आवश्यक्ता अनुसार पछि थपिएका गौण संस्कारहरु हुन् । समाजमा प्रचलित संस्कारलाई यसप्रकार अध्ययन गर्न सकिन्छ ।
१. नित्य बुद्ध पूजा: (क) आमिस पूजा: भौतिक वस्तुको प्रयोग गरि गरिने पूजा। (ख) प्रतिपत्ति पूजा: समाधि ध्यान भावना प्रज्ञा बाेद्ध गरिने।
२. गर्भमंगलम संस्कार: आमामा बच्चागर्भावासपछि गरिने संस्कार।
३. नामाकरण: बच्चा जन्म पछि गरिने संस्कार ।
४. अन्नप्रासन: बच्चाको भात खुवाई संस्कार ।
५. कणछेदन: कान छेड्ने संस्कार ।
६. छेवर (केश कम्पन) विधारम्भ: बच्चाको बाल खौरने र अक्षारम्भ गर्ने संस्कार।
७. गुन्युचोलो: छोरीलाई विशेष नयाँ कपडा दिने संस्कार ।
८. प्रवज्या-उपसम्पदा: प्रवज्या दिएरश्रामणेर बनाउने, उपसम्पदा दिएरभिक्षु बनाउने संस्कार।
९. विवाह: उमेर पुगेका युवायुवतीलाईदामपत्य जीवनमा प्रवेश गराउने संस्कार ।
१०.मूत्यु संस्कार: मृतकको काजकिरिया सम्पन्न गरिने संस्कार। (प्रतिसन्धीचित्तको सिद्धान्त)हिन्दूसंस्कार (निर्णय सिन्धु, गरुढपुराण)बज्रयानी संस्कार (बज्रयान संस्कार), महायानी अन्तराभाव (भार्दो थोएडोल,टुल्कु उर्गेन रिम्पोछे)थेरवाद (थेरवाद बौद्ध संस्कार पद्धति)
मगर संस्कारमा रहेका केहि मिश्रितपना-मरण संस्कार १३ दिन बार्ने, किरियामा सेतो वस्त्र धारण, कपालखौरने, कोराभित्र नछुएर बस्ने, नुनतेल बार्ने, स्वयम् पाकेवाद। पूजा मण्डपमा विविधता- पञ्च कलश बुद्ध, धर्म,संघ, कुल, पितृ, अग्नी, सूर्य, करवाकेली, देवीदेवताहरु राख्ने (आत्मापूजा) । रातो, सेतो, निलो, पहेलो, कलेजी रंगिन कपडाले कलश ओढाउँने, रंगरोगन दल्ने, रेखी हाल्ने, निलो, रातो झण्डा राख्ने । कूलपितृलाई बलि दिइ मधमांस चढाउँने,मृतकलाई पिण्ड दान दिने, गौमूत्र, गोबर सुन-पानीले शुद्ध पार्ने, टिका सिंन्दुरको प्रयोग, दिनवार हेराउँने, बरखी, महिनावारी बार्ने, धार्मिक अनुष्ठान कार्य अशुद्ध हुने जस्ता संस्कृतिहरु छन् ।
थेरवादबौद्ध संस्कार पद्धति अनुसार । बुद्ध मण्डप: बुद्ध धर्म र संघ (मातापिता, गुरुआचार्य वन्दना) । सामाग्रीहरु: बुद्ध मुर्ती, बौद्ध स्तुपा (चैत्य), अस्थिधातु, बुद्ध झण्डा, विविध वस्तु । बौद्ध संस्कार विधि र पद्धति हुन्-पालि त्रिसरण गमन (त्रिरत्न वन्दना), पंञ्चशील ग्रहण, बुद्ध पूजा, विविध पूजा, परित्राण पाठ, धर्मदेशना, पुण्यानुमोदन, भोजनदान, कार्यक्रम समाप्ति गरिन्छ ।


५. मगर संस्कारमा रहेका चुनौति
संस्कारमा एकरुपता नभएर विविधताहरु छन् । संस्कारमा अन्योलता र दुविधाहरु रहेका छन् । संस्कारमा हिन्दू ब्राह्मण संस्कारको प्रभाव बढि देखिन्छ,थेरवाद बौद्ध संस्कार, मगर ढूटभाषी संस्कार, मगर खाम भाषी संस्कार, काइके महायानी बौद्ध संस्कार, स्थानीय मिश्रित संस्कारहरु छन् । लिखिति-अलिखित साहित्य र विश्वास, कर्मकाण्डी गूरु पुरोहित हुन्छन् । संस्कार कार्य- ब्राह्मण पण्डित, भिक्षु, लामा, वापामापा,जैसी, भुसाल, झाँक्री, कुटुम्ब(छोरी-भान्जा), जेष्ठ नागरिक वा गन्य मान्यबाट गरिन्छन् । मिश्रित संस्कारलाई एकीकृत गर्दा कटमेरो संस्कार बन्ने संस्कार बिग्रने भएकाले थेरवाद बौद्ध संस्कारमा एकताबद्ध गर्नु मुख्य चुनौति रहेको देखिन्छ ।
कतिपय आरोप लगाइन्छ कि, थेरवाद बुद्ध धर्मले मगरको पुर्खाको धर्म संस्कार-संस्कृति पहिचान मासिदियो । हाम्रा नाचगान मनोरञ्जनात्मक संस्कृति, कुलपितृ बलिपूजा, सिमेभुमे पूजा, उधौली-उभौली पर्व, प्रकृति पूजा नष्ट गर्दैछन्?यस्ता भ्रमजालबाट मुक्त रहन सम्यक् शिक्षा सम्यक् संस्कार आवश्यक छ । बुद्ध धर्मले संस्कार-संस्कृतिलाई मास्ने परिवर्तन गर्दैन् । यसले कार्य-कारण अनुसार सम्यक् मार्ग देखाउँने काम गर्दछ । मार्गमा हिड्ने नहिडने स्वयम् व्यक्तिको नीजि स्वतन्त्रता हो ।


६. मगर संस्कारमा रहेकासंभावना
मगरका कतिपय आफ्ना मौलिक राम्रा संस्कार-संस्कृतिहरु सैद्धान्तिक रुपमा लिपिबद्ध गरिएमा मगर समुदाय धार्मिक साँस्कृतिकरुपमा एकताबद्ध संगठित हुन सक्दछ । संस्कार मगर समुदायको मात्रै नभएर बुद्ध धर्म तथा बौद्धहरु र राज्यकै लागिपनि सम्पति बन्न सक्दछ । मगरका टिपिकल मौलिक संस्कार-संस्कृतिका विषयहरु के-कस्ता हुन सक्दछन् ? यसमा अध्ययन-अनुसन्धान हुन् जरुरी देखिन्छ ।


७. निष्कर्ष
(क) समस्या: बुद्ध शिक्षाको अध्ययन-अभ्यास नभएका हिन्दू संस्कारबाट प्रभावित, तालिम शिक्षण-प्रशिक्षण अप्राप्त वापा-मापा,भुसाल, जैसी, लामा, कुटुम्ब कर्मकाण्ड गर्नेहरुबाट नैबौद्ध संस्कार बिकृत भएका छन् । बुद्ध शिक्षालाई पर राखेर संस्कारलाई कर्मकाण्ड आयआर्जन आर्थिक उपार्जनको माध्यम बनाइएका छन् । संस्कार कर्मकाण्डी, खर्चिलोे, समयको बर्बादी भएको जनगु्नासाहरु छ । बुद्ध शिक्षा शिल, समाधि र प्रज्ञाको राम्रो ज्ञाननहुँदा शुद्धबौद्ध संस्कार विकृत पारिएका छन् ।
(ख) सुझाव: कर्मकाण्ड पेशा गर्नेहरुलाई विषय विज्ञ, भिक्षु गुरु,आचार्यहरुबाट तालिम शिक्षण-प्रशिक्षण दिइनु पर्दछ । उपयुक्त योग्य मापदण्ड पुगेकालाई संस्कार कार्य गर्ने अनुमतिपत्रपरिचयपत्रवा लाइसेन्स दिइनु पर्दछ । उनीहरुलाई प्रमाणपत्र दिइने निकाय,निगमन नियन्त्रण गर्ने प्रभावकारी सयन्त्र हुनुपर्दछ ।जसलाई दिशा निर्देश गर्नका लागि एक बौद्ध प्राज्ञिक परिषद गठन गर्न सकिन्छ । जो प्रज्ञावान,नैतिकवान, चरित्रवान, शिलवान र संस्कारिक हुनुपर्दछ । समाजले उनीहरूका सिको गर्ने बाटो पछ्याउँने आदर्श पुरुष हुनुपर्दछ । समाज परिवर्तनगामी सामाजिक अभियन्ताको भूमिका खेल्न सक्नु पर्दछ ।समाजमा रहेका अन्धविश्वास कुरिति, कुप्रथा कुसंस्कार विकृति, विसंगतिहरू बिरुद्ध हरदम अगाडि उभिन सक्नुपर्दछ । मगर सघन बसोबास भएका गाउँहरुमा बुद्ध शिक्षाका कार्यक्रमहरु उद्देश्यमूलक ढंगलेलक्षित गरिनु पर्दछ । बुद्ध धर्म बौद्ध संस्कार-संस्कृतिको समाजमा अभ्यास आकर्षण बढइनु पर्दछ ।
मगर संस्कारमा भित्रिएका अशुद्धता फोहोरहरुलाई हटाई शुद्धता दिनु पर्दछ । धर्म संस्कारका पुस्तकहरुएकै प्रकारकास्तरिय बौद्ध अभ्यासमा एकरुपता ल्याउनु पर्दछ ।संस्कार गर्ने धर्मगुरुहरुका लागि विधिविधान आचार संहिता बनाइनु पर्दछ । उनीहरुका योग्यता क्षमता निश्चित मापदण्ड तोकिनु पर्दछ । संस्कार छोटो मिठो कम खर्चिलो, समयमा मित्यवियता अपनाइनु पर्दछ । संस्कार सम्यक् हुनुपर्दछ । दुःखबाट मुक्त गर्ने सिल, समाधि र प्रज्ञामा जोड दिइनु पर्दछ । स्वतन्त्र बैज्ञानिक चिन्तन गर्ने, बहस छलफल गर्ने, बुद्ध शिक्षा अध्ययन-अभ्यास र छलफल गर्ने बानी बसाल्नु पर्दछ । सकारात्मक सोचहुनु पर्दछ ।
(ग) उपलब्धी:
मगर कूलपुत्रहरु थाईल्याण्ड, श्रीलंका, बर्मा जस्ता देशहरुमा प्रवजित जीवन बुद्ध शिक्षा आर्जन गरिरहेका छन् । स्थानीय स्तरमा धार्मिक बजेट प्राप्त भएका छन् । बुद्ध विहार, बुद्ध मूर्ति स्थापना, स्तुपा निर्माण भएका छन् । बौद्ध साहित्यका पुस्तकहरु प्रकाशन भएका छन् । बौद्ध परियति शिक्षाको अध्ययन भएका छन् । बौद्ध विश्वविधालयमा शोध अध्ययन, अनुसन्धानको ढोका खुलेको छ । बौद्ध समुदायहरु बिच सम्बन्ध सहकार्य बढिरहेको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा मगर बौद्ध पहिचान बढ्दै गैरहेको छ । बुद्ध शिक्षा बौद्ध संस्कारले मगर समाजमा रहेका मिथ्यादृष्टि (अन्धविश्वास सामाजिक बिकृति बिसंगति) हटदै गैरहेको छ । सम्यक् बौद्ध अभ्यास भावना बढिरहेको छ । धर्म मान्ने मात्रै होइन । ती विषयमा जान्ने पनि हुनु पर्दछ । वहुजन हिताय वहुजन सुखाय लोककल्याणकारी कार्य गर्दै जीवनमा सुखी रहनु, खुसी रहनु, शान्ति रहनु,सन्तुष्टि र सन्तोषमय जीवन जिउँनु हामी सबैको लक्ष तथा उद्देश्य हो ।
भवतु सब्ब मंगलम् ।

सन्दर्भ सामग्री
अधिकारी, नारायणप्रसाद, हाम्रा सोह्र संस्कार, काठमाण्डू: गोरखा पब्लिकेशन प्रा.लि., वि.सं. २०७५ (तेस्रो संस्करण) ।
आले, सन्तोष, ‘मगर जातिको इतिहास अनि संस्कृति सिक्किमको सन्दर्भमा’ गान्तोक: असल थापा तथा अन्य, सन् २००३ ।
घर्तीमगर, रणप्रसाद, मगर सामाजिक संस्कार र नाता सम्बन्ध, रुकुम तकसेरा ः सिर्जना घर्तीमगर, वि.सं. २०६२ ।
थापामगर, एम. एस. प्राचीन मगर र अक्खालिपि, काठमाडौ: बृजि प्रकाशन, वि.सं.२०४९ ।
नेपाल सरकार, नेपालको जनसाँख्यिक तथ्याङक, काठमाण्डौ: केन्द्रीय तथ्याङ्क बिभाग, वि.सं. २०७८ ।
पराजुली, पुण्यप्रसाद, अन्तराभाव म्हसिका, तीर्थनारायण मानन्धर, वि.सं. २०६२ ।
प्राणपुत्र, भद्न्त सम्यक् सम्बोधिं, सम्यक् संस्कार, काठमाडौ: सुखीहोतु नेपाल, वि.सं.२०६० ।
पुनमगर, टि.बि. (सं.), अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन झलक-२०७२, काठमाडौ: नेपाल मगर बुद्ध सेवा समाज केन्द्रीय समिति, वि.सं.२०७३ ।
पुनमगर, टि.बि., हामी मगर (इतिहास, भाषा, धर्म र संस्कार-संस्कृतिको अध्ययन), यूके र हङकङ: मगर बौद्ध समाज, वि.सं.२०७५ ।
पुनमगर, टि.बि., बौद्ध संस्कार परिचय, वि.सं.२०७६ ।
पुन पहरे, हर्कबहादुर, पुन समुदायको संस्कार संस्कृति: विगत र वर्तमान, वि.सं. २०६६ ।
बरालमगर, केशरजंग, पाल्पा, स्याँङजा र तनहूँका मगरहरूको संस्कृति, काठमाडौ: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, वि.सं.२०५० ।
बज्राचार्य, रञ्जना, नेवार बौद्ध संस्कार, काठमाण्डौं: नेपाल एशियाली अनुसन्धामन केन्द्र त्रि.वि. किर्तिपुर, सन् २००८ ।
बज्राचार्य,शान्त श्री रत्न, बज्रयान पूजाविधि संग्रह, ने.सं. १९४१ ।
बुढामगर, हर्षबहादुर, मगर जाति र उनको सामाजिक संस्कार, काठमाडौ: श्रीमती पुष्पावती बुढा मगर, वि.सं.२०५३ ।
मगर संस्कार पद्धति, रूपन्देही: नेपाल मगर बौद्ध सेवा समाज (छैठौ सं.), वि.सं.२०६६ ।
रानामगर, सोम, ‘मगर रिहिछ्योट (मगर–कर्मकाण्ड)’ कास्की: नेपाल मगर संघ जिल्ला कार्य समिति, वि.स.२०७५ (तेस्रो संस्करण) ।
शाक्य, धर्मरत्न बौद्ध संस्कार पद्धति, रूपन्देही: मगर बौद्ध सेवा समाज, वि.सं.२०५६ ।
शाक्य, देवेन्द्रराज, थेरवाद बुद्ध धर्म, काठमाडौ: लालमणी र कृष्ण कुमारी पोखरेल, बुटवल: जनक कुमार र फणिदेवी अमात्य, वि.सं.२०७१ ।
शाक्य, देवेन्द्रराज, हाम्रा संस्कार र संस्कृति, बुटवल: अञ्जयकुमार शाक्य,वि.सं.२०७४ ।
भिक्षु, ज्ञानेन्द्र, बुद्ध पूजा, शील प्राथना र परित्राण पाठ, रूपन्देही: अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहार डिङ्गरनगर, वि.सं.२०७२ ।
भिक्षु, ज्ञानेन्द्र, बौद्ध संस्कार पद्धति (भाग, १,२ र ३), रूपन्देही: अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहार डिङ्गरनगर, वि.सं.२०७८ ।
पुनमगर, टि.बि, “हाम्रा मृत्यु संस्कारका विविध पक्षहरू”, युवा बौद्ध संघ रजत जयन्ती स्मारिका २०७८, धर्मशिला बुद्ध विहार नदीपुर, पोखरा, पृ.१४३–१४६ ।
कान्तिपुर दैनिक, “ब्राह्मण जातिलाई पुरोहित मान्ने कि नमान्ने” मगरजातिमा विवाद, कान्तिपुर, चैत्र २०५३ ।

भिडियाे हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेला ।

6 0
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
67 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %