मगर बाैद्ध बुद्धिजीवी परिषद पुनर्गठन , अध्यक्षमा टि.बि. पुन मगर

Read Time:1 Minute, 46 Second

चैत ११, २०८०

पूर्ण बहादुर राना

धर्मस्थली, काठमाडौं ।

नेपाल मगर बाैद्ध सेवा समाज केन्द्रीय समितिकाे १२अाैं राष्ट्रिय सम्मेलन तथा मगर बाैद्ध बुद्धिजीवीहरूकाे अन्तरक्रिया कार्यक्रम समाजका अध्यक्ष क्या.देउ बहादुर राना मगरकाे अध्यक्षतामा सम्पन्न भएको छ । दुईदिन चलेकाे कार्यक्रममा प्रमुख अतिथि भन्ते महास्थविर रहेका थिए । साे कार्यक्रममा वक्ताहरूमा पुर्व मन्त्री एम. एस. थापा, थेरवाद बुद्ध धर्मका बुद्धिजीवी अभियन्ता डाक्टर केशव मान शाक्य रहेका थिए । भने कार्यपत्र प्रस्तुतकर्ताहरू टि. बि. पुन, उपप्राध्यापक डा. त्रिरत्न मानन्धर , सबिता धाख्वा मानन्धर थिए ।

यस सम्मेलनले टि. बि. पुन मगरकाे अध्यक्षतामा नेपाल मगर बाैद्ध बुद्धिजीवी परिषदकाे पुनर्गठन गरेकाे छ ।

अध्यक्षमा टि.बि.पुन मगर ,उपाध्यक्षमा पूर्ण तरामी मगर, सचिव साेबित राना मगर, काेषाध्यक्षमा मित्र राना मगर, सदस्यहरूमा ः साेमु थापा मगर, भिम बहादुर गुरमछान मगर ,यूबराज मास्की मगर, कमल थापा मगर ,शम्भु राना मगर , शंकर गाहा मगर, दिपक थापा मगर, चमेली थापा मगर, पूर्ण बहादुर राना रहेका छन । समितिलाई आवश्यक अनुसार थप गरिने परिषदका अध्यक्ष टि.बि. पुन मगरले बताए ।

5 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %