जे गर्छु छाेराछाेरीकाे उज्यालो भविष्यकाे लागि गर्छु

Read Time:4 Minute, 24 Second

पूर्ण बहादुर राना

गाउँबाट शहर झरें
छाेराछाेरीकाे
उज्ज्वल भविष्यकाे लागि
सरकारी स्कुलबाट
बाेर्डिङ पढाएँ
छाेराछाेरिकाे
राम्रो जीवनकाे लागि ।

आफ्नाे भाषा छाेडि
खस भाषा बाेल्न लाएँ
खस पनि छाेडि
अँग्रेजि बाेल्न लाएँ
अनि जापानीज काेरियन
चाईनिज फ्रेन्च बाेल्न लागाएँ
छाेराछाेरिकाे
उज्ज्वल भविष्यकाे लागि ।

सदमुकामबाट
राजधानी आएँ
राजधानीबाट
साउदि, मलेसिया
युराेप अष्ट्रेलिया
जापान काेरिया
युके,अमेरिका गएँ
बच्चाको
राम्रो शिक्षाकाे लागि ।

नेरूबाट भारू
भारूबाट रियल
रियलबाट डलर
कमाएँ
बच्चाबच्चिकाे लागि ।

साईकलबाट बाईक
बाईकबाट कार
कारबाट हेलिकप्टर किनें
केटाकेटीकै
सुखि यात्राकाे लागि ।

चाँदिबाट सुन
सुनबाट हिरा
हिराबाट प्लाटिनियम किनें
बच्चाकाे
उच्चकाेटि गहनाकाे लागि ।

भट्टिपसलबाट रेष्टुरेन्ट
रेष्टुरेन्टबाट पाँचतारे
पाँचतारेबाट साततारे
हाेटलमा खुवाएँ
मिठाे खानाकाे लागि ।

किरानाबाट
मार्टमा
मार्टबाट सुपरमार्टमा
सुपरमार्केटबाट
हाईपरमार्केटमा
सपिङ गराएँ
बच्चाकाे खुसिकाे लागि ।

यदि म र मेरा बच्चाहरू
अमेरिका, युके
अष्ट्रेलिया र जापानमै बसिरहे
डलरनै कमाईरहे
साततारेमै खाईरहे
प्लाटिनियमनै लाईरहे
काेरियन अँग्रेजिनै बाेलिरहे
सुरपरमार्केटमै किनिरहे
मलाई त जंगली भन्ने भए
असभ्य, अशिक्षित
गरिबि र दरिद्र भन्ने भए ।

किनकि मेराे घर नजिककाे
त्याे भत्तुखाेइरे
त्याे गरिब गाउँले
बिहान खायाे
बेलुकी के खाउँ र लाउँ भन्ने
कहिले जाकेट नलाउनेकाे बच्चा
सुन लाउने खुबी भयाे रे
डिभि परेर अमेरिका आछ रे
पढाइ राम्रो भएर
क्याम्ब्रिज र अक्सफोर्डमा
छात्रवृत्ति पाछ रे
भाषा पढेर
जापान काेरिया गाछ रे
अष्ट्रेलिया, क्यानडा छिरे रे ।

अहिले त सुन्छु
त्याे गरिबले
आईफाेन लिन्छ रे
पाँचतले घरमा बस्छ रे
सुपरमार्केट र
हाईपरमार्केटमा
सपिङ्ग गर्छ रे
करडाैंकाे कार चढ्छ रे
भुट्या मकै खान नपाउनेले
पिजा वर्गर खान्छ रे ।

ल भन त वैज्ञानिक
ल भन त खरबपति पद्मपति
के गर्ने हाे?
कसाे गर्ने हाे?
के म गरिब बसेकाे ठाउँमा बसाैं?
तिनले प्रयाेग गरेकाे ठाउँ
र सामान प्रयाेग गराैं?
तिनले खाएकाे खाउँ?

अब त भन वैज्ञानिक
हेलिकप्टर भन्दा जेट राम्राे हाेला
अमेरिका भन्दा मंगल ग्रह
डलर भन्दा क्रिप्टाे राम्रो हाेला ।

भन धनिमानि
मंगलग्रह पछि
कहाँ जाने हाे?
डलर क्रिप्टाेपछि
के कमाउने हाे?
साततारे हाेटलपछि
कुनतारेमा खाने हाे?
हिरा र प्लाटिनियमबाट
कुन गहना किन्ने हाे?
अँग्रेजि काेरियनपछि
कुन भाषा बाेल्ने हाे?

हेर! धनी र बैज्ञानिक
मत पाए
धनिमात्रै बस्ने
बृहस्पतिमा जाने थिएँ
म त चाहान्छु
ती गरिबबाट धनी भाकाे
अशिक्षितबाट शिक्षितभाकाे
दरिद्रहरूसँग
खाना, बस्न त के
तिनकाे मुखै हेर्न मन छैन
बाेलिनै सुन्न मन छैन ।

हेर! धनी र वैज्ञानिक मान्छे
म मेराे गाउँ र देश
फर्किन मन त छैनछैन
याे पृथ्वी मा पनि बस्न मन छैन ?

ए! धनी र बुद्धिभाका वैज्ञानिक
के तिमी मिलाउछाैं?
मेराे लागि
गरिब नबसेकाे ठाउँ?

ल मिलाई देउ न त्यस्ताे ठाउँ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %