नेपाल मगर बाैद्ध समाजकाे १२अाैं राष्ट्रिय सम्मेलन तथा बाैद्ध बुद्धिजीवी अन्तरक्रिया कार्यक्रम सम्पन्न

चैत ११, २०८०
पूर्ण बहादुर राना
धर्मस्थलि, काठमाडौं

नेपाल मगर बाैद्ध सेवा समाज केन्द्रीय समितिकाे १२अाैं राष्ट्रिय सम्मेलन तथा मगर बाैद्ध बुद्धिजीवीहरूकाे अन्तरक्रिया कार्यक्रम समाजका अध्यक्ष क्या.देउ बहादुर राना मगरकाे अध्यक्षतामा सम्पन्न भएको छ । दुईदिन चलेकाे कार्यक्रममा प्रमुख अतिथि भिक्षु धजवन्त स्थविर रहेका थिए । साे कार्यक्रममा वक्ताहरूमा पुर्व मन्त्री एम. एस. थापा, थेरावाद बुद्ध धर्मका अभियन्ता डाक्टर केशव मान शाक्य रहेका थिए । भने कार्यपत्र प्रस्तुतकर्ताहरू टि. बि. पुन, उपप्राध्यापक डा. त्रिरत्न मानन्धर परियत्ति सदम्म काेविद, डा.सबिता धाख्वा शाक्य थिए ।