थेरवाद बौद्ध धर्म दर्शन र नेपालका मगरहरुमा यसको सान्दर्भिकता

Read Time:2 Minute, 24 Second

डा. त्रिरत्न मानन्धर ,परियत्ति सद्धम्म कोविद

पृस्ठभूमि

थेरवाद बुद्धको माैलिक शिक्षा हो । यसलाई बुद्धकालीन समयको बुद्धधर्म वा शुरुवाटको बुद्धधर्म पनि भनिन्छ । नेपालमा बुद्धकालीन समयमा बुद्धधर्मको प्रवेश भैसकेको कारणले प्राचीन बुद्धधर्मकोरुपमा रहेको थेरवाद नेपालमा शाक्यमुनि बुद्धको समयदेखी नै रहेको कुरा स्पष्ट छ ।

तर ,कालान्तरमा थेरवादको स्थानमा बुद्धधर्मका अन्य निकायहरुको प्रचार प्रसारमा भएको तिब्रताको
कारण इतिहासको महत्वपूर्ण कालखण्डमा यसको उपस्थिति कमजोर देखियो । तर पनि इतिहासको ती कालखण्डमा पनि नेपालका विभिन्न स्थानहरुमा यसका उपस्थितिको बारेमा
विभिन्न प्रमाणहरु देखिंदै आईरहेको अवस्था छ । नेपालका विभिन्न जनजातिहरु धेरै समयदेखी नै नेपालमा बसोवास गर्दै आईरहेको परिपेक्ष्यमा र नेपालमा बुद्ध जन्मनुभएको र बुद्धशिक्षा प्रचार प्रसार भएको कारणले यस स्थानमा रहेका मानिसहरुमा धर्मको बारेमा जानकारी हुने कुरामा दुई
मत हुनसक्दैत । त्यसमाथि पनि लोककल्याणकारी शिक्षाको रुपमा रहेको यस धर्मप्रति धेरै टाढाका स्थानहरुमा त प्रभाव भएको ऐतिहासिक तथ्यलाई हेर्दा यहिंकै वासिन्दाहरुमा यस शिक्षा प्रति जानकार नहुने त कुरै रहेन । यसै विषयलाई स्पष्ट पानर्को लागि यस कायर्पत्रमा प्रयास गरिएको छ । थेरवाद बौद्ध दर्शन के हो ? नेपालमा यसको शुरुवाटको अवस्था कस्तो थियो ?
समकालीन समाजमा बुद्धधर्म किन सान्दर्भिक रहेको छ ? विभिन्न जनजातिहरु मध्ये मगर जातिको यसको सान्दर्भि
कता के छ ? भन्ने उद्देश्यलाई स्पष्ट पानर्को लागि यस गोष्ठिपत्रमा प्रयास गरिएको छ ।

3 0
Happy
Happy
60 %
Sad
Sad
0 %
Excited
Excited
40 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %