सहकारीपीडित पनि काठमाडौँमा, ठगमैत्री हैन, पीडितमैत्री बन सरकारः पूर्व आईजिपी खनाल(फाेटाे फिचर सहित)

Read Time:4 Minute, 37 Second

हुम बहादुर थापा मगर
काठमाडौँ, चैत्र १ सहकारी संस्थाबाट ठगीमा परेका पीडितहरू न्याय माग्न काठमाडौँमा भेला भएका छन् । उनीहरूले बचत फिर्ता गर्न र सहकारीका सञ्चालकलाई कडा कारबाहीको माग गर्दै बिहीबार कालीमाटी, गोङ्गबु, शङ्खपार्क, सिफलचौर र जाउलाखेलबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरे ।


त्यसपछि भृकुटीमण्डपमा पुगेर कोणसभा गरे । कोणसभालाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष लभकुस केसीले सहकारी संस्थाबाट ठगीमा परेका पीडितहरूलाई न्याय दिन र ठगी गर्ने सहकारीलाई कडा कारवाही गर्दै आफ्नो बचत फिर्ता गराइदिन सरकारसँग अनुरोध गरे । सभालाई सम्बोधन गर्दै नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालले नेपाल सरकारलाई ठगमैत्री हैन, पीडितमैत्री बन्न अनुरोध गरे ।

सहकारीका ठगहरूसँग सरकारले साँठगाँठ गर्ने तर, पीडितहरूलाई वेवास्ता गरेको भन्दै खनालले सरकारको कडा आलोचनासमेत गरेका थिए । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका प्रवक्ता पुरुषमोत्तम कार्कीका अनुसार देशभरिबाट ३१० सहकारी संस्थाले ७० लाख लगानीकर्ताहरूको अरबौँ रूपैयाँ हिनामिना गरी लगानीकर्ताहरूलाई पीडित बनाएको सभालाई जानकारी दिए ।

साथै, उपत्यका र देशभरबाट करिब १५ सय सहकारी पीडित काठमाडौँमा भेला भएको कार्कीले बताए । उनी भन्छन्, ‘सहकारीको समस्या देशभर छ । लाखौँ नागरिकको बचत सहकारीमा डुबेकोले, अहिलेसम्म छरिएर आन्दोलन गर्दा सरकारले सुनेन । यो आवाज ठूलो बनाउन काठमाडौँ आएका छौँ । अब सरकारले सुन्ने छ ।’ सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा देशभरिका सहकारी संस्थाबाट ठगीमा परेका पीडितहरू न्याय माग्न काठमाडौँमा भेला भएका छन् ।

सरकारले सहकारी संस्थाबाट ठगीमा परेका पीडितहरूको माग सम्बोधन नगर्दासम्म काठमाडौँमै बसेर आन्दोलन गरिरहने अध्यक्ष केसीले भेलालाई जानकारी गराए । बाबाआमा गुमाएर एक्लै बस्दै आएका पाल्पा तासेन नगरपालिका वडा नं. ५ अर्चले वर्ष ३६ का मुकेश रानामगरले ५ वर्ष मलेसियामा कमाएर ल्याएको पैसा राम्रो ब्याज पाउने आशामा ललितपुरमा रहेको गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा राखेर अहिले पछुताइरहेका छन् ।


अविवाहित मगरले पैसा नपाएर विवाह गरेका छैनन् । सहकारीले पैसा दिए जोडी बाँध्ने सुरमा रहेका मगरको करिब ४ लाख रूपैयाँ फसिरहेको छ । यस्तै काभ्रेकी ७० वर्षीया महालक्ष्मी मर्हजनले अनेक दुःख गरेर परस्पर बचत तथा ऋण सहकारी संस्थामा २ लाख रूपैयाँ जम्मा गरिन् । बुढेसकालमा सजिलो होला भनेर उनले सहकारीमा बचत गरेको रकम फिर्ता नपाएपछि रुँदै सडकमा आइपुगेकी छन् । सरकारले ठगी गर्ने सहकारीलाई कारवाही गर्दै आफ्नो बचत फिर्ता गराइदिने आशामा सडकमा आएको उनको भनाइ छ ।

ठगी गर्ने विभिन्न सहकारीमध्येका सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्षहरूको तस्बिरसहित लेखिएको १ नम्बर महाठग, भगुवा अध्यक्ष भरत महर्जन र २ नम्बर महाठग अध्यक्ष हेमराज दाहालको व्यानरमा नामै लेखेर नगर परिक्रमा गरिएको थियो । दुभार्ग्य सहकारी पीडितहरूलाइ सरकारले अाज सम्म न्याय दिन सकेकाे छैन ।

क्यामेरामेनः हुम थापा मगर

5 0
Happy
Happy
25 %
Sad
Sad
75 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %